Monday, August 10, 2020

कार्यालयमै वडाअध्यक्ष महरालाई कुटपिट गर्ने सात जना धरौटीमा छुटे

- Advertisement -

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने गर्ने ७ जना युवा धरौटीमा रिहा भएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका ७ युवक जनही ५ हजार रुपैयाँ धरौट बुझाएर रिहाई भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिएका छन् ।

रिहाई हुनेमा शुक्लाफाँटा नगरपालिका–८ का नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्ना लगाएत बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, आन्नद सिंह ठगुन्ना,र लोकेन्द्र ठगुन्ना रहेको उनले बताए ।

गत आइतबार विहान साढे १० बजेतिर वडा कार्यालयमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचयपत्रको काम भईरहेको बेला एक्कासी नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका ती युवाले वडा कार्यालयमा अध्यक्ष महरालाई कुटपिट गरेको आरेप लगाइएको थियो ।

वडाध्यक्ष महरालाई कुटपिट गर्ने ७ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जन्मदिनको अवसरमा अनाथालयमा फलफुल र अण्डा वितरण

महेन्द्रनगर २५ साउन । महेनद्रनगर । समाजसेवी तथा बैतडीको सिगाँस गाउँपालिकाका लेखापाल पुस्कर सिंह विष्टले जन्मदिनको अवसरमा फलफुल अण्डा तथा मिठाई वितरण गरेका छन् । आइतबार...

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

  राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको...

कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले जिते कोरोना

२५ साउन । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र...

भाग्य चम्किदैछ यि राशिहुनेहरूको यो साता (हेर्नुहोस राशिफल )

वि.सं.२०७७ साल साउन २५ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बैतडीमा जंगली जनावरले बालीनाली सखाप

बैतडी । जंगली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा...

प्रहरी उपरीक्षकसहित ३ प्रहरीले जिते कोरोना

स्याङ्जा - स्याङजाका प्रहरी उपरीक्षकसहित ३ प्रहरीले कोरोना जितेका छन् । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ । जिल्ला प्रहरी...

पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३ जना जिल्ला...

बैतडीमा पहिरोले घर पुर्दा दुईको मृत्यु

बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बलालीका ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -