Monday, August 10, 2020

हवल्दार सहित चार प्रहरी निलम्बित

- Advertisement -

प्रहरी आचरण र अनुशासन विपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक प्रहरी हवल्दारसहित चार प्रहरीलाई निलम्बन गरेको छ।

कार्यालयका अनुसार, सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि पनि रु. १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो छन्।

प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जन्मदिनको अवसरमा अनाथालयमा फलफुल र अण्डा वितरण

महेन्द्रनगर २५ साउन । महेनद्रनगर । समाजसेवी तथा बैतडीको सिगाँस गाउँपालिकाका लेखापाल पुस्कर सिंह विष्टले जन्मदिनको अवसरमा फलफुल अण्डा तथा मिठाई वितरण गरेका छन् । आइतबार...

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

  राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको...

कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले जिते कोरोना

२५ साउन । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र...

भाग्य चम्किदैछ यि राशिहुनेहरूको यो साता (हेर्नुहोस राशिफल )

वि.सं.२०७७ साल साउन २५ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बैतडीमा जंगली जनावरले बालीनाली सखाप

बैतडी । जंगली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा...

कैलाली र कञ्चनपुरका १७ जनामा कोरोना पुष्टि

धनगढी, २३ साउन । सुदूरपश्चिमका शुक्रवार थप १७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नौँ महिला र ८...

प्रहरी उपरीक्षकसहित ३ प्रहरीले जिते कोरोना

स्याङ्जा - स्याङजाका प्रहरी उपरीक्षकसहित ३ प्रहरीले कोरोना जितेका छन् । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ । जिल्ला प्रहरी...

अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिनुः राष्ट्रिय परीक्षा बोर्ड

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड(१९) का...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -