Monday, August 10, 2020

कञ्चनपुर प्रशासनमा स्थानीय तहको पालो अनुसार सेवा, यस्तो छ स्थानीय तहको पालो

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुर प्रशासनले सेवाग्राहीको चाप बढेपछि स्थानीय तह अनुसार पालो लगाएर सेवा दिने भएको छ । प्रशासन कार्यालयले आइतबारदेखि स्थानीय तहका वासिन्दालाई सेवाका लागि दिन तोकेको छ ।

प्रशासनले हप्तामा दुई÷दुई सबै स्थानीय तहलाई सेवा दिने समय तालिका बनाएको छ । दुई दिन तीन÷तीन तहलाई सेवा प्रवाह गर्ने समय तालिका बनाइएको छ ।

भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका वासिन्दालाई आइतबार र सोमबार सेवा दिइनेछ । कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका वासिन्दाले मंगलबा र बुधबार सेवा दिइनेछ ।
बिहीबार र शुक्रबार बेदकोट नगरपालिका, माहाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकालाई सेवा समय तालिकामा उल्लख गरिएको छ ।

समय तालिका अनुसार सम्बन्धित स्थानीय तहका वासिन्दाले आफ्नो पालोको दिन सबै सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

कोभिड १९ को संक्रमण रोक्न भौतिक दुरी कायम गर्नु पर्ने र कार्यालयमा सेवाग्राहीको चाप बढेपछि स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जन्मदिनको अवसरमा अनाथालयमा फलफुल र अण्डा वितरण

महेन्द्रनगर २५ साउन । महेनद्रनगर । समाजसेवी तथा बैतडीको सिगाँस गाउँपालिकाका लेखापाल पुस्कर सिंह विष्टले जन्मदिनको अवसरमा फलफुल अण्डा तथा मिठाई वितरण गरेका छन् । आइतबार...

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

  राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको...

लगानी बोर्डमा भट्टको नियुक्ति बदर माग गर्दै अदालतमा रिट

२५ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । विभिन्न...

गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको भनाइप्रति वरिष्ठ नेता नेपालको आपत्ति

काठमाडौं,२५ साउन । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन...

कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले जिते कोरोना

२५ साउन । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र...

किन आउँछ ४० काटेपछि, महिलामा फेरी बैंस (यस्तो रहेछ रहस्य)

भनिन्छ नि, ‘चालिसे लागेछ बैस जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४०...

पतिलाई आफ्नो खुट्टामा झुक्न बाध्य नै पार्ने गर्छन् यी ३ राशि...

विवाह पछि श्रीमान श्रीमती बीच कस्तो सम्बन्ध हुन्छ भन्ने धेरैको चासो हुने गर्छ। विवाह पछि केहिको सम्बन्ध जीवन भर टिक्ने गर्छ भने केहीको खासै...

सुदूरपश्चिम लगायत देशभरका अधिकाङ्स भुभागमा भारी बर्षा, बाढी पहिरो र डुबानबाट...

मनसुनी वायु सक्रिय भएसँगै आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -