Monday, August 10, 2020

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोनाबाट मृत्यु

- Advertisement -

वीरगन्ज — जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।

कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

‘उनी मुटुरोगी थिए, मुटुको बाइपास सर्जरी भइसकेको थियो,’ डा.सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौँ, राति साढे ११ बजे उनको मृत्यु भयो ।’

बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको डा. निरज सिंहले जनाए ।

मंगलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसैदिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.सिंहले बताए ।

यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालका डा.सिंहले बताए । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जन्मदिनको अवसरमा अनाथालयमा फलफुल र अण्डा वितरण

महेन्द्रनगर २५ साउन । महेनद्रनगर । समाजसेवी तथा बैतडीको सिगाँस गाउँपालिकाका लेखापाल पुस्कर सिंह विष्टले जन्मदिनको अवसरमा फलफुल अण्डा तथा मिठाई वितरण गरेका छन् । आइतबार...

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न...

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

  राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको...

कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले जिते कोरोना

२५ साउन । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र...

किन आउँछ ४० काटेपछि, महिलामा फेरी बैंस (यस्तो रहेछ रहस्य)

भनिन्छ नि, ‘चालिसे लागेछ बैस जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४०...

भाग्य चम्किदैछ यि राशिहुनेहरूको यो साता (हेर्नुहोस राशिफल )

वि.सं.२०७७ साल साउन २५ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बैतडीमा जंगली जनावरले बालीनाली सखाप

बैतडी । जंगली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा...

नगर प्रमुख शाहसहित ५५ जनामा काेराेना पुष्टि

पर्सा — नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -