सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निड्स नेपालद्धारा गोदावरीका स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्श तालिम

महेन्द्रनगर १६ साउन ।

कैलालीको गोदावरी नगरपालिकाका ८० जना स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्श तालिम दिर्ईको छ ।
नगरपालिकासँगको समन्वय तथा सहकार्यमा कारितास नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ आपतकालिन प्रतिक्रिया परियोजना अन्र्तगत गोदावरी नगरपालिका क्षेत्रका ८० जना स्वास्थकर्मी तथा महिला स्वास्थ स्वयम सेविकाहरुलाई कोभिड १९ कोरोना रोकथाम तथा सचेतनाका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ सचेतना तालिम दिईएको हो ।

साउन १३ गतेदेखि सञ्चालित तीन दिने तालिममा बिहिबार सम्पन्न भएको निड्सका कार्यक्रम अधिकृत केशब मलासीले बताए । उनका अनुसार स्वास्थकर्मी तथा महिला स्वास्थ स्वयम सेविकाहरुलाई कोभिड १९ कोरोना रोकथाम तथा सचेतनाका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ सचेतना तालिम प्रदान गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

तालिममा कोरोना कहरमा समुदाय स्तरमा अग्रपत्तिंmमा रहेर सेवारत स्वास्थ क्षेत्रका कर्मचारी तथा महिला स्वास्थ स्वयमसेविकाहरुलाई कोरोना प्रभाव रोकथाम तथा जोखिम न्युनीकरणका लागि विषयगत ज्ञान, सीप र दक्षता विकास गर्नुका साथै मनोसामाजिक परामर्श प्रदान गरिएको अधिकृत मलाशीको भनाई छ ।

Sana Kishan

साथै उनका अनुसार तालिमबाट सिकेको सीप र ज्ञानलाई समुदाय स्तरमा पनि सचेतना गराउनका लागि महिला स्वास्थ स्वयमसेविकाहरुलाई फिल्ड स्तरमा परिचालन समेत गरिएको जानकारी दिए ।
३ दिने तालिमका मुख्य प्रशिक्षकका रुपमा गोदावरी नगरपालिकाका स्वास्थ शाखा प्रमुख बीर बहादुर कुँवर, मालाखेती अस्पतालका मेडिकल अधिकृत डा. सिर्जना अधिकारी, मनोपरामर्शदाता चन्द्र कुँवर तथा स्वास्थ शाखा उषा भट्ट रहेका थिए ।
गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले निड्स नेपालको सहकार्य र समन्वय गरिएका कार्यक्रम एकदमै उत्कृष्ट रहेको बताईन् ।
उनले स्वास्थ्यकर्मीलाई परामर्श तालिम आवश्यक रहेको बताउँदै कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । साथै उनले कोरोना संक्रमणको विषय परिस्थीतिमा निड्सले गरेको सहयोग सराहनिय रहेकाले आगमी दिनमा पनि आवश्यक सहकार्य तथा समन्वयका लागि तयार रहने प्रतिवद्धता समेत जनाईन् ।

निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले गोदावरी नगरपालिका क्षेत्रमा पनि निड्स नेपालले नगरपालिकासँग मिलेर काम गर्नु पाउदाँ खुसी लागेको बताउदै आगामी दिनमा यसैको निरन्तरता दिईने उल्लेख गरिन् ।
तालिम समापन कार्यक्रम उदघाटन तथा समापनसस्त्रमा गोदावरी नगरपािलका उपप्रमुख रत्ना कडायत, गोदावरी नगरपालिका निमित्त कार्यालय प्रमुख वसन्त कुमार खत्री तथा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्ट लगायतको उपस्थिती रहेको थियो ।

कोभिड १९ आपतकालिन प्रतिक्रिया परियोजना अन्र्तगत गोदावरी नगरपालिका क्षेत्रमा परियोजना सञ्चालन गरिरहेको निड्सले यसअघि नगरपालिकाका १२ वटै वडाका २० विभिन्न क्वारेईनटाईन र आईशोलेशनमा रहेका ४१७ व्याक्तिहरुलाई पोषणयुक्त खाजा साम्रगी सहयोग गरि सकेको छ भने नगरपालिका स्वास्थ शाखालाई ९९ सेट विश्व स्वास्थ सगंठनको मापदण्ड अनुसारको स्वास्थ साम्रगी हस्तातरण, ४ थान खुट्टा द्धारा हात धुन मिल्ने मेसिन साम्रगी जडान गरेको छ ।

त्यस्तै गोदावरी नगरपालिकाका वडा नं १, ३, ५, ८, १०, ११ र १२ का ३ सय ८८ जना विपन्न परिवारका गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न सहयोग समेत गरेको छ ।

साथै गोदावरी नगरपालिका क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणका लागि जन चेतनामुलक सन्देश पब्लिक माईकिङ्क, एफ.एम मार्फत सचेतनामुलक सन्देश प्रसारण लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको कार्यक्रम अधिकृत मलासीले जानकारी दिए ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.