Wednesday, August 5, 2020

निर्मला पन्त हत्या प्रकरण : एसपी बिष्ट सहित आठै जनाले पाए सफाइ

- Advertisement -

कञ्चनपुर, १५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेका तत्कालीन प्रहरी उपरीक्षक डिल्ली राज बिष्ट सहित आठै जनाले सफाई पाएका छन् । मुद्दा खेपिरहेका एसपी बिष्ट सहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञान बहादुर सेठी, इन्स्पेक्टर एकिन्द्र बहादुर खड्का, इन्स्पेक्टर जगदीश प्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई जिल्ला अदालत कञ्चनपुरले बिहीबार सफाइ दिएको हो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको इजलासले सबै आरोपीलाई सफाइ दिएको श्रेस्तेदार यदुराज शर्माले बताउनु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षिया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियोे । सोही प्रकरणमा मृतक निर्मला पन्तकी आमा दुर्गा देवीले उनीहरु विरुद्ध प्रमाण नष्ट गरेको आरोपमा मुद्दा दायर गर्नुभएको थियो । त्यस्तै, प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप सिंह बिष्टका दाजु खडक सिंह बिष्टले यातना विरुद्धको कसुरमा प्रहरी अधिकारीहरू विरूद्ध मुद्दा दायर गर्नुभएको थियो ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आजकाे राशिफल : साउन २१ गते बुधबार कुन राशिका लागि कति...

वि.सं.२०७७ साल साउन २१ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

कञ्चनपुरमा चार आँखा, २ शिर भएको अदभूत गाईको बाच्छी

कञ्चनपुर, २० साउन । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा चार आँखा अनि २ शिर भएको अदभूत गाईको बाच्छी जन्मिए पछि हेर्नका लागि मानिसहरुको ओइरो लागेको...

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण...

बाटाघाटा सुधार्न युवा अग्रसर हुँदै

कञ्चनपुरको एउटा स्थानीय तहमा आफ्नै गाउँटोल सुधार्न वा सकारात्मक कार्यमा युवाहरु अग्रसर हुँदै गएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको एका तिर...

कैलश पर्वतमा साक्षात भगवान शिव देख्नुभयो भने दर्शन गर्नुहोस्

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छा’ला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रि’सुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, ज’टाधारी आकृतिको याद आउँछ।...

कस्ता सपना अशुभ मानिन्छन् ? व्यक्ति अनुसार सपनाको फल शुभ वा...

दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्दछन् भने अशुभ सपनाले काम विग्रिने गर्दछ र मिश्रित सपनाले मिश्रित नै फल दिन्छ ।स्वप्न ज्योतिषका...

जिबनमा एक पटक पुग्नै पर्ने पवित्र खप्तड तीर्थस्थल , सबैले सेयर...

खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने...

छिट्टै धनि बन्ने यी ५ संकेतहरु जान्नुहोस् !

धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -