Monday, August 10, 2020

सीपीएल खेल्ने आज जाँदै सन्दीप

- Advertisement -

नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने आज जादैछन । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभएपनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी आज दक्षिण काेरीया हुँदै अमेरिकाबाट सेन्ट लुसिया पुग्नेछन । त्यसपछि उनलाई उनकाे टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।

अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सरकार सहजिकरण गरेकाे हाे ।  सन्दीप विहीबार विहान साढे १० मा नेपालबाट हुने चार्टड उडानबाट जाने तय भएको बताइएको छ ।

सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म ट्रिनाड पुग्न भनेको थियो । यो बीचमा अन्तर्राष्ट्रिय उडानका कारण उनको यात्रा अनिश्चित जस्तै भएको थियो । तर, अन्तिम समयमा दौडधुप गरेपछि सन्दीप जाने समय र फ्लाइट पक्का भएको हो । सन्दीपले सिपीएल खेल्न जानका लागि मंगलबार गरेकाे काेराेना परिक्षण नेगेटिभ आएकाे छ ।

सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनु अघि आफ्नो देशमा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन पनि भनेको थियो ।
उनी विहिबार काठमाडौंबाट उडे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । जसमा उनी ९० हजार अमेरीकी डलरमा अनुबन्ध भएका छन् ।

सन्दीपको टिम सीपीएलको फाइनलमा पुगेमा त्यसको नौ दिनपछि फेरी इन्डियन प्रिमियर लिग खेल्न उनी यूएई पुग्नुपर्नेछ । आइपीएल यूएईमा हुने पक्का भइसकेको छ । तर खेल तालिका र नियमका बारेमा अगष्ट एक तारिखमा आइपीएलको गर्भनिङ काउन्सिलको बैठक रहेको छ । त्यसले निधो गर्नेछ ।cricnepal बाट साबार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

९ उत्कृस्ट बलिङ्ग स्पेल विदेशी लिगमा सन्दिपको

२०१६ मा हंगकंगमा आयोजित हंगकंग टि(२० ब्लिट्ज देखि अन्तर्राष्ट्रिय टि(२० लिगहरु खेल्न सुरु गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २०१८ को इन्डियन प्रिमियर लिग...

क्रिकेटको विद्युत समस्यामा कुलमानको द्रुत निर्देशन

काठमाडौं  – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ...

‘राष्ट्रिय टोली नै पहिलो प्राथमिकता’ – सन्दीप

पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले...

आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

नेपालको विश्वकप छनौट हुने बाटो ,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

कोरोना भाइरसका कारण प्रभावित भएको विश्व क्रिकेट पुनः सक्रिय हुन थालेको छ। इंग्ल्यान्ड र वेस्टइन्डिज बीच टेस्ट सिरिज जारि रहेको छ भने यही बीचमा...

यसरी हुँदैछ प्रयास सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ?

स्टार नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योलता छाएको छ। सिपिएल खेल्नका लागि सन्दीप अबको एक साताभित्र ( अगस्ट १-२ )...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -