सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतलाई नेपालको कडा जवाफः कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको आवत-जावत स्वाभाविक हो

’लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै छ’

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ ।

जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ फर्काउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै भएको बताउँदै ती भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो ।

World Link Ads
Mahakali Polytechnic

भारतले अतिक्रमण गरी फौज बसाएको नेपाली भूमि गुञ्‍जी क्षेत्र । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, गुञ्जी, नाबी, कुटी क्षेत्रमा प्रवेश गर्ने प्रस्थान बिन्दु ।

Dirghayu Ads
Sana Kishan

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ, ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली(महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’

पत्रमा अगाडि लेखिएको छ, ‘ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’

गत जुलाई १४ मा धारचुलाका उप-जिल्ला अधिकारी अनिलकुमार शुक्लाले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका छन् ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.