सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने पाँच सयदेखि सात सय कर्मचारीको पीसीआर परीक्षणका लागि बुधबार नमुना सङ्कलन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका झण्डै सात सय जना कर्मचारीको नमुना सङ्कलनको तयारी भएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आँकलन गर्न सकिने सचिव गुरागाईँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा मङ्गलबार मात्रै ५३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या चार सय ७७ पुगेको छ ।

अहिलेसम्म काठमाण्डौमा तीन सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.