सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ।

इंग्ल्यान्ड र आयरल्याण्ड बीच एजेस बल मैदानमा जुलाई ३० मा खेलिने एकदिवसीय अन्तर्राष्ट्रियबाट विश्वकप सुपर लिगको सुरुवात हुनेछ। सिरिज अन्तर्गत तिन वटा खेल खेलिनेछन्। अब उक्त सिरिजको खेलहरु सन् २०२३ विश्वकपकप छनौटको हिसाबले पनि खेलिनेछ।

आईसीसीले इंग्ल्यान्ड र आयरल्याण्ड सिरिज पछि सुपर लिगको अन्य तालिका सार्वजनिक गर्नेछ। २०२३ एकदिवसीय विश्वकप भारतमा अक्टोबर/नोभेम्बरमा आयोजना हुनेछ।

World Link Ads
Mahakali Polytechnic

१३ राष्ट्र हुनेछन् सहभागी

विश्वकप सुपर लिगमा आईसीसीका १२ टेस्ट रास्ट्र तथा २०१५-१७ को आईसीसी विश्व क्रिकेट सुपर लिग जितेको नेदरल्याण्ड गरि कुल १३ राष्ट्र सहभागी हुनेछन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लागु हुने सिरिजको शिर्ष ७ स्थानमा हुने राष्ट्रहरु स्वतः भारतमा २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनौट हुने आईसीसीले घोषणा गरेको छ। आयोजक राष्ट्र भारत भने स्वतः विश्वकप खेल्न छनौट भैसकेको छ।

०२३ एकदिवसीय विश्वकप भारतमा अक्टोबर/नोभेम्बरमा आयोजना हुनेछ।

८ टिम विश्वकपमा छनौट भएपछि बाँकी रहने ५ वटा टिमले एसोसिएट राष्ट्रहरुसंग २०२२ विश्वकप छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ।

एक टिमले कुल ८ वटा होम-अवे सिरिज खेल्ने 

विश्व कप सुपर लिग अन्तर्गत सबै टिमले एक अर्का बिरुद्ध ४ वटा होम र ४ वटा अवे सिरिज खेल्नेछन्। सबै ८ वटा सिरिज तिन वटा खेलको हुनेछ। सबै टिमलाई एउटा खेल जिते बराबर १० अंक प्राप्त हुनेछ। यस्तै खेल बराबर या रद्द भएको खण्डमा ५ अंक दिईनेछ। कुल ८ वटा सिरिज खेलीसकेपछि अंकको आधारमा शिर्ष ७ टिम चयन गरिनेछ। एकै अंक हुने टिमलाई पनि छुट्याउने नियम बनाइएको छ।

आईसीसीका क्रिकेट अपरेसन महाप्रबन्धक ज्योफ अलारडिसको भनाइ-

Sana Kishan

“हामि आयरल्याण्ड र इंग्ल्यान्डको सिरिजबाट पुरुष विश्व क्रिकेट सुपर लिग आयोजना सुरुवात गर्न पाउदा खुसि छौँ। यो लिगले आगामी ३ वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उद्देश्य ल्याउनेछ। किनकि आईसीसी पुरुष विश्वकप २०२३ को लागि छनौट हुने नहुने डर टिमहरुसंग हुन्छ। सुपर लिगले विश्वभरको क्रिकेट समर्थकलाई आकर्षण गर्नेछ किनकि लिग निकै रोमान्चक हुने गर्छ।”

नेपाल कसरि छनौट हुन सक्छ २०२३ विश्वकप 

२०२३ एकदिवसीय विश्वकपमा मात्र १० वटा राष्ट्र सहभागी हुँदैछन्। त्यसमध्ये आयोजकको नाताले भारत स्वतः छनौट भैसकेको छ।

हाल नेपाल सहित ७ राष्ट्रहरु ( नेपाल, स्कटल्याण्ड, युएई, नामिबिया, ओमान, पपुवा न्यु गिनी र अमेरिका ) २०२३ विश्वकप छनौटको खुड्किलोको रुपमा विश्व कप लिग-२ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप लिग-२ मा सहभागी ७ टिम मध्ये उत्कृस्ट हुने ३ वटा टिम २०२२ विश्वकप छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ। विश्वकप छनौटमा कुल ९ वटा टिम सहभागी हुनेछन् जसबाट २ वटा टिम मात्र २०२३ विश्वकप खेल्न छनौट हुनेछ।

२०२२ को विश्वकप छनौट प्रतियोगितामा आईसीसीको नव घोषित प्रतियोगिता ‘आईसीसी विश्वकप सुपर लिगको तल्लो स्थानमा रहने ५ वटा टिम सहभागी हुनेछ। यस्तै विश्वकप लिग-२ को अंकतालिकामा तल्लो स्थानमा रहने ४ वटा टिम तथा विश्व क्रिकेट लिग च्यालेन्ज प्रतियोगिताको उत्कृस्ट-२ हुने टिम पनि विश्वकप छनौट २०२२ मा प्रतिस्पर्धा गर्नेछन्।

फोटोमा हेर्नुस २०२३ एकदिवसीय विश्वकप छनौटको बाटो 

नेपालले विश्वकप लिग-२ अंकतालिकामा ४ अंक सहित हाल छैठौं स्थानमा रहेको छ। ओमान, अमेरिका र स्कटल्याण्ड शिर्ष-३ स्थानमा रहेका छन् जसले क्रमशः १०,१२ र ८ खेल खेलीसकेका छन्।

नेपालले मात्र एउटा त्रिकोणात्मक सिरिजमा ४ वटा खेल खेलेको छ। घरेलु मैदानमा नेपालले अमेरिका र ओमानसंग त्रिकोणात्मक सिरिज खेलेको थियो जसमा नेपाल ओमानसंग दुवै खेलमा पराजित हुँदा अमेरिकालाई भने दुवै खेलमा पराजित गरेको थियो।

कोभीड-१९ का कारण नेपालले विश्वकप लिग-२ मा खेल्ने आगामी सिरिजको टुंगो लागिसकेको छैन। जसको लागि आईसीसीको नयाँ तालिका कुर्नु पर्नेछ।

                               

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.