Monday, August 10, 2020

सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

- Advertisement -

कोरोना भाइरसका कारण प्रभावित भएको विश्व क्रिकेट पुनः सक्रिय हुन थालेको छ। इंग्ल्यान्ड र वेस्टइन्डिज बीच टेस्ट सिरिज जारि रहेको छ भने यही बीचमा आईपीएल आयोजना हुने खबर आएको छ। अर्को तर्फ नेपाली स्पिनर सन्दिप लामिछाने सहभागी हुने टि-२० लिग करेबियन प्रिमियर लिगको ( सीपीएल टि-२० ) पनि खेल तालिका सार्वजनिक भएको छ।

सोमबार राति सार्वजनिक भएको खेल तालिका अनुसार सिपिएल टि-२० १८ अगस्ट देखि सुरु हुनेछ जसको फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। लिगमा कुल ३३ वटा खेल खेलिनेछन्। सबै खेलहरु ट्रिनिडाड एण्ड टोबागोको स्टेडियमहरुमा खेलिनेछ।

कोरोनाको कारण प्रतियोगितामा खेलाडीहरुको स्वास्थ्यमा ध्यान राख्न सजिलो हुनाले मात्र दुइ वटा स्टेडियममा खेलहरु खेलिने निर्णय लिईएको हो। खेलहरु दर्शक विहिन स्टेडियममा खेलिनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको उपविजेता टिम गायना अमेजन वारियर्स र ट्रिनबागो नाइटराइडर्स बीच खेलिनेछ। यस्तै दोश्रो खेल डिफेन्डिङ च्याम्पियन  बार्बेडोस ट्राइडेन्ट र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बीच हुनेछ।

भन्ने खबरwicketnepa मा छ

 

 

सिपिएल टि-२० सकिएको ९ दिन पछि अर्थात् १९ सेप्टेम्बरबाट इन्डियन प्रिमियर लिग ( आईपीएल ) पनि युएईमा सुरु हुनेछ। 

सन्दिप लामिछानेको टिम जमैकाको खेल तालिका 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो पटक जमैका तल्लावाजबाट खेल्नेछन्। उनलाई ९० हजार डलरमा ड्राफ्टमार्फत जमैकाले भित्र्याएको थियो।

जमैकाले लिगमा आफ्नो पहिलो खेल अगस्ट १९ ( बुधबार ) सेन्ट लुसिया जुक्ससंग खेल्नेछ। त्यसपछि दोश्रो खेल ट्रिनबागो नाइट राइडर्ससंग अगस्ट २० मा, अगस्ट २२ मा गुएना अमेजन वारियर्ससंग खेल्ने तालिका रहेको छ।

सिपिएल टि-२० को खेल तालिका

जमैकाको खेल तालिका 

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स

सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष-४ हुने टिमले सेमीफाइनल खेल्नेछन्।भन्ने खबरwicketnepa मा छ

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

९ उत्कृस्ट बलिङ्ग स्पेल विदेशी लिगमा सन्दिपको

२०१६ मा हंगकंगमा आयोजित हंगकंग टि(२० ब्लिट्ज देखि अन्तर्राष्ट्रिय टि(२० लिगहरु खेल्न सुरु गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २०१८ को इन्डियन प्रिमियर लिग...

क्रिकेटको विद्युत समस्यामा कुलमानको द्रुत निर्देशन

काठमाडौं  – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ...

‘राष्ट्रिय टोली नै पहिलो प्राथमिकता’ – सन्दीप

पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले...

सीपीएल खेल्ने आज जाँदै सन्दीप

नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने आज जादैछन । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभएपनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान...

आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

नेपालको विश्वकप छनौट हुने बाटो ,आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको छ। इंग्ल्यान्ड...

यसरी हुँदैछ प्रयास सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ?

स्टार नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योलता छाएको छ। सिपिएल खेल्नका लागि सन्दीप अबको एक साताभित्र ( अगस्ट १-२ )...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -