Monday, August 10, 2020

कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु, तीन गुटबाट सभापतिका आठ आकांक्षी

- Advertisement -

काठमाडाैँ – आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ ।

कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौला, हाल उपसभापति रहेका विमलेन्द्र निधि, वर्तमान महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह, अर्का नेता डा. शेखर र युवा नेता गगन थापाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् ।

कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ मा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लगानी बोर्डमा भट्टको नियुक्ति बदर माग गर्दै अदालतमा रिट

२५ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । विभिन्न...

गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको भनाइप्रति वरिष्ठ नेता नेपालको आपत्ति

काठमाडौं,२५ साउन । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन...

कांग्रेसका ५ लाख सदस्य थपिने

काठमाडौं - नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको...

कांग्रेसमा ५ लाख नयाँ क्रियाशील सदस्य बढाउने अनौपचारिक सहमति

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो।...

सरकारले तत्काल पूर्ण लकडाउन गर्नेबारे सोचेको छैन: सञ्चारमन्त्री खतिवडा

२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय...

अब थप सचेत हुने बेला आएको छ: मुख्यमन्त्री त्रिलोचन भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको...

कोरोना नियन्त्रण परामर्श बैठकमा समेत गएनन् प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना राकथाम तथा नियन्त्रणका लागि सुझाव लिन आयोजना गर्नुभएको परामर्श बैठकमा सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार...

दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं, २० साउन । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -