Friday, September 25, 2020

धुरा जात श्रावण उन्नाइस गते हुने

- Advertisement -
 भागेश्वर –महाभारतमा रहेकाे धुरा भागेश्वर मन्दिरमा बर्षमा दई चाेटि जात हुन्छ । पहिलाे श्रावण मा हुन्छ भने दोस्रो मंसिरमा हुन्छ ।
पौराणिक इतिहास रहेको धुरा मन्दिरमा भागेश्वर देवताको मुख्य पूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन यश बर्ष श्रावण उन्नाइस गते गते परेकाे छ ।
दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुने जाेतिष हेमराज चटाैलले जानकारि दिनुभयो । धुराकाे परिचय- भागेश्वर देवता भगवान शिवका पार्षद हुन् । भागेश्वर देवतासँग ‘पासो, ‘कैलपाल, ‘कनवेताल’ ‘कालशैनी’ ‘कल्तडे’ ‘छडी’ र ‘समैजी’ लगायत अन्य सहयोगी देवताहरु पनि रहन्छन् ।
‘पासो’ भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ । डडेल्धुरा जिल्लामा पर्ने ग्वान्नी गाउँ लगायत अन्य कैयौं स्थानमा स्थित ‘असिउँ’ देवता भागेश्वरका आफ्नै दाजु हुन् भने कञ्चनपुर जिल्लाको चुरे क्षेत्रमा विराजमान ‘बैजनाथ’ देवता भागेश्वरका भान्जा नाता पर्ने देवता हुन् भन्ने मान्यता रहि आएको छ ।
डडेलधुरा जिल्लाको माहाभारत पर्वत स्थित भागेश्वरको माणौमा २२ खम्बा (खाम) छन् । द्वापरयुगको अन्त्यतिर यस उच्च शैल शिखर क्षेत्रमा भागेश्वर आउँनु भन्दा अगावै आफ्नो वनबासकालको क्रममा पञ्चपाण्डवहरु यसै भागेश्वरको धुरा हुँदै जाँदै गर्दा उनिहरुलाई पानी पाइएन ।
त्यसपछि त्यसै धुरामा वीर पाण्डव भ्राता अर्जुनले खड्ग प्रहार गरेर पानी निकालेका थिए भन्न्ने कथानक छ ।
खड्ग बाट जल निकालिएको हुनाले त्यो जल भएको ‘न्वालो’ लाई आजभोली ‘खड्गेन्वालो’ पनि भन्ने गरिन्छ । त्यो न्वालाको पानी लाई काँसीको जल समेत भन्ने गरिन्छ र गँगोत्रीको जल समान पवित्र मानेर यसै जलले भागेश्वरको पुजा तथा अन्य आवश्यक कार्यहरु गर्ने गरिन्छ ।
त्यसैगरी भागेश्वरको ‘रतीघाट’ भन्ने स्थानमा पनि पुजा हुने गर्दछ । यो स्थान रुपाल गाउँ विकास समिति वार्ड ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणहरुको जग्गामा पर्दछ । हाल आएर भागेश्वर देवताको पुजा डोटीको निरौली, गड्सेरा र बेल्टुक्रा गाँउमा पनि हुने गर्दछ ।
किनभने डडेलधुराको रुपाल गा.वि.स.मा –(हालको भागेश्वर गाँउपालिका)पर्ने रोल्ली गाउँबाट निरौला भण्डारी,जोशी र गड्सेरी भट्टहरु बसाइसर्दै देशका कैयौं भागमा गएर बसेका छन् ।
यहाँ जानुका लागि भागेश्वर गाउपालिका सदरमुकाम बाट चुल्ल र सिराड बाटाे भएर हिडेर सहजै तिन चार घण्टा काे मनाेरञ्जननात्क भएर पुगिन्छ । भन्ने खबर khabardarinews मा छ ।
प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

छैन तीजको रमझम यसपालि

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने...

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा...

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी...

ॐ विष्णवे नमः सोमवारको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ...

साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

वि।सं।२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

साउन १७ गते शनिबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

। काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी २८ पला । शनि–प्रदोष व्रत। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा...

आज – १५ साउन २०७७ बिहिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया