Sunday, January 24, 2021

अनेरास्ववियू नेताले भेटे एसिड पीडित युवतीलाई, दिए १० हजार नगद

- Advertisement -

१२ साउन, काठमाडौं । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।

भेटघाटको क्रममा सहसंयोजक तामाङले एसिड प्रहार गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही दिलाउन र एसिड बिक्री वितरणलाई नियमन गर्न आफूहरुले दबाव सिर्जना गरेको जानकारी दिए ।

यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राति पक्राउ गरेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

कञ्चनपुर- बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार सोमबार राति करिब ९ः३० बजे तिर बेलौरी...

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया