Tuesday, September 29, 2020

वडाध्यक्ष महरामाथि हमला भएपछि व्यवस्थापन गरिएको चौपाया नगरपालिकामा हुलिए

- Advertisement -

महेन्द्रनगर १२ साउन । शुक्लाफाँटा नगरपालिका स्थानीयले छाडा पशु चौपायालाई नगरपालिकामा बुझाएका छन्

नगरपालिकाले गाईगोरु हेर्नको लागि राखेका हेराला कर्मचारी र स्थानीयहरुले शुक्लाफाँटा नगरपालिका–८ मा निर्माण गरिएको पशु चौपाया व्यवस्थापन स्थलबाट १ सय ५० बढी चौपाया ल्याएर नगरपालिकाको कम्पाउण्डमा हुलिदिएको प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले जानकारी दिएका छन् ।

 

शुक्लाफाँटा नगरपालिका–८ ले गत बर्षदेखि छाडा चौपायाको व्यवस्थापन गर्दै आएको थियो । आईतबार वडाअध्यक्ष बहादुरसिंह महरालाई कुटपिट गरेको दोस्रो दिन छाडा चौपायाको समस्या देखा परेको उनले बताए ।

उनले भने, ‘छाडा चौपायालाई किन ल्याईएको भन्र्ने केही पनि जानकारी छैन, गत बर्ष नग सभाले वडालाई छाडा चौपाया व्यवस्थापनका लागि ६० लाख रुपैयाँ दिएको थियो । यो बर्ष पनि ४० लाख बजेट विनियोजन गरेको छ ।’

अहिले १ सय ५० भन्दा बढी छाडा चौपाया नगरपालिकाको कम्पाउण्डमा छन् । सदुर पश्चिमका विभिन्न जिल्लामा छाडा चौपायाको विकराल समस्या भए पछी यस क्षेत्रका किसानहरु समस्यामा परेका थिए ।

एका तिर खेतमा लगाएको वालि नोक्सान हुने र अर्को तिर सडक भरि हजारौंको संख्यामा रहेका गाई गोरुको कारण दिनहु दुर्घटना हुने हुदा आम सर्वसाधारण लाई समेत हैरानी खेप्नु परेको थियो ।


निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको नारा लिएर भोट मागेका जनप्रतिनीधिहरु लाई समेत लाखौं वजेट खर्च गर्दा समेत छाडा चौपाया नियन्त्रण हुन नसके पछी चौतर्फी विरोध खेप्नु परेको थियो ।

तर कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष वहादुर महराले भने कठीन परिस्थीतिमा समेत विचलित नभई छाडा चौपाया व्यवस्थापन गर्ने संकल्प लिई २०७५ श्रावण ३१ गते देखी छाडा चौपाया व्यवस्थापन समतिको संयोजकको रुपमा काम गर्दै नगर भित्र रहेका गाई गोरुलाई सामुदायकि वन भित्र व्यवस्थापन गर्न सफल भए ।


नगरपालिका संग सहकार्य गरेर छाडा चौपाया व्यवस्थापन गरि शुक्लाफाटा नगरपालकिालाई छाडाचौपाया मुक्त गरेका महरालाई आईतवार विहान तरुणदलका वडा सभापति लगायतका समुहले उहाको कार्यकक्ष मै आएर कुट पिट गरे पछी अध्यक्ष महराको कोहलपुरमा उपचार भईरहेको छ भने वडा नम्वर ८ का स्थानीयहरुले सुरक्षाको कारण देखाई सोमवार गौशालामा रहेका गाईगोरुहरुलाई शुक्लाफाटा नगरपालिकाको कार्यालयमा बुझाएका हुन् ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया