सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा कोरोना भयावह बन्दै, संक्रमितको संख्या १४ लाख भन्दा धेरै, मृतकको संख्या ३३ हजार नजिक

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५० हजार भन्दा बढी संक्रमित थपिएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्ककका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३६ हजार भन्दा बढी पुगेको छ ।

Sana Kishan

यस्तै मृतकको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । यद्धपी संक्रमण दरको आधारमा हेर्ने हो भने मृत्यु दर न्यून छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७१६ जनाले ज्यान गुमाएका छन् । कुल मृतकको संख्या ३२ हजार ८१२ पुगेको छ । भारतमा उपचारपछि निको हुनेको संख्या ९ लाख १८ हजार भन्दा बढी छ । भारत विश्वका कोरोना अति प्रभावित मुलुकको सूचीमा तेस्रो नम्बरमा छ । भने एशियामा भारत पहिलो नम्बरमा छ । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.