सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिलाले कसरी चरम सुख प्राप्त गर्छन ?

के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन–जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ ।

त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।

World Link Ads
Mahakali Polytechnic

जबकी आफ्नो महिला पार्टनरलाई कसरी यौनका लागि तयार गर्ने भन्ने प्रायः पुरुषहरुको समस्या हुन्छ । यौन सम्बन्धको क्रममा कस्ता क्रियाकलाप गर्दा आफ्नो पार्टनरले उत्तेजना महसुस गर्छ भन्ने कुरामा पुरुषहरु त्यती चासो राख्दैनन् ।

सुन्दा अचम्म लाग्न सक्छ । तर, केवल राम्रो चुम्बनका लागि मात्र होइन राम्रो फोरप्लेका लागि पनि तपाईंंले आफ्नो स्वासलाई लयबद्ध बनाउन जान्नुपर्छ । तपाईंंले जब आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ । त्यो समयमा पार्टनरलाई सास फेर्न गाह्रो भएको छ कि भन्ने कुरालाई ध्यान दिनुपर्छ । त्यस्तै, तपाईंंको पार्टनरलाई उत्तेजित गर्न सासले कस्तो काम गर्छ भन्ने कुरा पनि तपाईंंलाई थाहा हुनु आवश्यक छ ।

चुम्बनपछि अन्य क्रियाकलाप जस्तै घाँटीहरुमा पनि चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाईंंको पार्टनर छिट्टै मुडमा आउँछिन् र यौन क्रियाकलापमा आफ्नो सहभागिता पनि जनाउँछिन् । घाँटीको वरपर चुम्बन गर्दा लामो समयसम्म चुम्बन गर्दै आफ्नो तातो सासको पनि प्रयोग गर्नुपर्छ ।

महिलाहरुलाई मुडमा ल्याउनका लागि र यौन कियाकलापमा उनीहरुको सहभागिता सुनिश्चित गर्नका लागि ओरल सेक्सले महत्वपूर्ण भूमिका निभाउँछ । तपाईंंले गर्नुभएको ओरल सेक्सले तपाईंंको पार्टनरलाई चरम सुख प्राप्त हुन्छ ।

भजाइनल स्टिम्युलेशनले महिलाहरु पूर्णरुपमा मदहोस् हुन्छन् । त्यस्तो स्थितिमा उनीहरुसँग यौन सम्बन्ध राख्न उपयुक्त हुन्छ । यौन सम्बन्ध राख्नका लागि यो सही समय हुन्छ । किनभने यो स्थितिमा कपलले यौनसम्पर्कको अत्याधिक आनन्द लिन सक्छन् ।

Sana Kishan

महिलाले चरम सुख कसरी प्राप्त गर्छन् ?

जब कुरा चरम सुख प्राप्तिको हुन्छ, यसका विभिन्न तरिकाहरु छन् । हिजोआज त इन्टरनेटको माध्यमले पनि तपाईंं कसरी चरम सुख प्राप्त गर्ने भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । तर, महिलाहरुलाई भजाइनल अर्गेज्म प्राप्त गर्न सजिलो छैन, किनभने यो कुनै नियम पुस्तक होइन, जसको आधारमा चरम सुख प्राप्त हुन्छ । त्यस्तै महिलाहरुलाई केवल पेनिट्रेसनले मात्र पनि चरम सुुख प्राप्त गर्न पनि गाह्रो हुन्छ ।

हालसालै भएको एउटा सर्वेक्षण अनुसार करिब ७० प्रतिशत महिलाहरुलाई पेनिट्रेटिव सेक्सको माध्यमबाट चरम सुख प्राप्त हुँदैन । जर्नल अफ सेक्स एन्ड म्यारिटल थेरापीमा प्रकाशित अर्को अध्ययनका अनुसार केवल एक महिलालाई मात्र भजाइनल स्टिमुलेशनबाट चरम सुख प्राप्त हुन्छ । त्यस्तो स्थितिमा यदि पेनिट्रेटिव सेक्सको माध्यबाट तपाईंं चरमा सुख प्राप्त गर्न सकिरहनुभएको छैन भने यी साधारण तरिकाहरुलाई अपनाएर यौन चरम सुख प्राप्त गर्न सक्नुहुन्छ ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पु¥याउँछ । फोरप्लेको माध्यमबाट महिलाहरु आनन्दको महसुस गर्छन र यौन सम्पर्कका सम्पूर्ण क्रियाकलापमा रमाउन थाल्छिन् ।

आफ्नो शरीरलाई यौन र चरम सुखका लागि तयार गर्ने अर्को राम्रो तरिका सेल्फ लभ अर्थात् मास्टरबेसन (हस्तमैथुन) का केहि तरिकाहरुलाई अपनाएर आफूलाई कुन कुराले धेरै खुशी प्राप्त हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

तपाईंंको सेक्स पार्टनरसँग डर्टी टक गर्न, यौन सम्बन्धित खेल खेल्दा र विभिन्न किसिमका सेक्सुअल आवाज निकाल्नु तपाईंंको लागि अति नै फाइदाजनक हुन्छ भन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । त्यस्ता सबै कुराहरुले पनि तपाईंंलाई चरम सुख प्राप्त गर्न सहयोग गर्छ ।

प्रायः महिलाहरु आफ्नो शरीरको विशेष अंग अर्थात् भजाइनामा ध्यान नदिने गल्ती गर्छन । जब आफ्नो भजाइनाको बारेमा थाहा पाउनुहुन्छ । तब तपाईंंलाई पेनिट्रेशनको माध्यमले तपाईंं भिन्दा–भिन्दै किसिमका चरम सुख प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुरा थाहा हुन्छ । त्यसैले आफ्नो बारेमा पनि थाहा पाउन आवश्यक छ । अनलाइनखबरबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.