Tuesday, September 29, 2020

आजकाे राशिफल : साउन १२ गते सोमबार कुन राशिका लागि कति शुभ

- Advertisement -

वि.सं.२०७७ साल साउन १२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी,०९ घडी ३८ पला,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–चित्रा,२१ घडी १० पला,दिउसो ०१ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग– साध्य,४६ घडी ५९ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त शुभ । करण–वणिज,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपार्ईँको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुनालेमन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक व्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलव्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयले साथ दिने हुनाले थोरै लगानीबाट आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने विदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकामहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथी हुने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नुभन्दा पनि गरीरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । घर परिवार तथा दिदि बहिनीसँगको सम्वन्धमा दरार आउने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा दिईएको समयबाट भनेजस्तो उपलब्धी आउँने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुनेछ ।

राशिफलमा जे जस्तो भनिएतापनि आफ्नो कर्ममा विश्वास गर्नुहोला, आज तपाईँ दिन शुभ रहोस् ।

राताेपाटीकाे सहयाेगमा

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया