सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हटाइएका कर्मचारीलाई अछामको बयालपाटा अस्पतालले पुनर्बहाली गर्ने

अछाम – बयालपाटा अस्पतालले हटाइएका कर्मचारीलाई पुर्नबहाली गर्ने भएको छ । आर्थिक अभावका कारण सबैलाई पुर्नबहाली गर्न नसकिने भएपछि अस्पतालले स्थानीयलाई मात्र पुर्नबहाली गर्ने भएको हो ।

न्याय हेल्थ नेपालले हटाइएकामध्ये स्थानीयलाई मात्र पुर्नबहाली गर्ने निर्णय गरेको अस्पतालका स्वास्थ सेवा निर्देशक विकास गौचनले जानकारी दिए । उनले भने, ‘नागरिकताको आधारमा स्थानीयलाई पुर्नबहाली गर्ने तयारीमा छौं। अहिले नागरिकताको विषयमा छानबिन चलिरहेको छ ।’

नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले अस्पताल प्रशासनसँगको पटकपटकको बैठकमा कर्मचारी पुर्नबहाली गर्ने विषयमा सबै दल एकमत भएपछि पुर्नबहाली गर्ने सहमति भएको बताए ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

अस्पतालका लागि नगरपालिकाले आर्थिक वर्ष ०७०÷७८ का लागि ७० लाख बजेट बिनियोजन गरेको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले बताए । उनले अस्पताललाई मुख्य प्राथमिकतामा राखेका छौं,आर्थिक अभाव हो भने हामीले स्रोत जुटाउने काम गरेका छौं, आर्थिक कारण कसैको जागिर जानु हुँदैन,आर्थिक स्रोत जुटाउने काम निरन्तर रहने छ ।’

Sana Kishan

जागिरबाट हटाइएका एकजना कर्मचारी आत्मदाह गरेका थिए। फेरि पनि यस्तो परिस्थिति आउन नदिन निरन्तर आफूहरु लागिपरेको नेकपाका नेता प्रकाश शाहले बताए । उनले निकालिएका अरु कर्मचारी तनाबमा रहेकाले अस्पतालसँगको लामो प्रयासपछि पुर्नबहाली गर्न सफल भएको बताए।
अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले ७ करोड र साँफेबगर नगरपालिकाले ७० लाख रकम बिनियोजन गरेको छ । बाजुरा र डोटीका केही स्थानीय तहले समेत बजेट बिनियोजन गरेका छन् । कोरोनाको कहरका बेला बैदेशिक रकम कटौती हुँदै आएको भन्दै अस्पतालले ३४ जना कर्मचारीलाई हटाएको थियो ।

जागिरबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले जेठ २६ गते अस्पतालको परिसरमै आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो ।

मृतकको परिवारलाई अस्पतालले ५ लाख र साँफेबगर नगरपालिकाले २ लाख आर्थिक सहयोग गरेको छ । साथै मृतककी श्रीमती गौरी आउजीलाई अस्पतालमा जागीर दिने सहमती पनि भएको छ ।

आर्थिक अभाव भन्दै कर्मचारी निकालिएपछि बयालपाटा अस्पताल विवादमा तानिएको थियो । अस्पतालले यही साउन १७ गते देखि करार सम्झौता नविकरण नगर्ने भनेर ३४ जना कर्मचारीलाई जानकारी गराएको थियो । गोदावरी न्युजमा यो खबर छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.