Saturday, September 26, 2020

वडाध्यक्ष महरामाथि कार्यालयमै हमला कार्यालयमा समेत तोडफोड, सेवाग्राही मारमा

- Advertisement -

कञ्चनपुर,
प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस निकट नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको समुहले शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरामाथि हमला गरेका छन् ।

आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका ८ का वडा सभापति नारद ठगुन्नाले वडाध्यक्ष महरामाथि कार्यालयमै हमला गरेका हुन् । काँग्रेस वडा सभापति ठगुन्नाले आफ्नो भाईलाई किन कुटपिट गरेको भन्दै वडाध्यक्षमाथि कुटपिटका साथै हमला गर्दै कार्यालयमा समेत तोडफोड गरेका छन् । वडाध्यक्ष बहादुर सिह महराले शनिबार राती बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेको विषयमा सम्झाईबुझाई गर्दा उल्टै कार्यालयमै आएर कुटपिटका साथै कार्यालयमा तोडफोड गरेको बताए ।

कार्यालयमा तोडफोड भएपछि सेवाग्राही समेत मारमा परेका छन् । ‘उनीहरु आफुमथि योजना बनाएरै कुटपिट गर्न र कार्यालय तोडफोड गर्न आएका रहेछन, ‘वडाध्यक्ष महराले भने, ‘कुन नहुँदै एकाएक कुटपिट गर्न थाले, म भागे ।’ आफुमाथि कुटपिटमा साथै कार्यालयमा समेत तोडफोड गरि आवश्यक कागजात च्यातचुत पारिदिएको बताए । ‘मलाई वडा कार्यालय बोलाएर कुटपिट गरौँला भन्ने सोचेर एक जना भित्र आएर वडाध्यक्ष ज्यू काम छ, बाहिर आउनुप¥यो, भन्यो, ‘वडाध्यक्ष महराले भने, ‘म बाहिर गएन, फेरीपनि कार्यालमै आएर तोडफोड र कुटपिट गरे ।’ कुटपिटबाट वडाध्यक्ष महराको टाउको, घाँटी, पिठ्यु लगायतमा भित्री चोट लागेको छ । कार्यालयमै वडाध्यक्ष महरामाथि दिउँसै कुटपिट भएको घटनाको शुक्लाफाँटा नगरपालिकाले समेत घोर आपत्ति जनाएको छ । नगरपालिकाले दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

नेपाली काँग्रेसका वडा सभापति नारद ठगुन्नाले आफ्नो भाई बसन्तमाथि वडाध्यक्ष महराले कुटेको विषयमा छलफल गर्ने क्रममा दोहोरो चर्काचर्की भएको स्वीकार गरे । ‘मैले हातपात गरेको छैन, ‘उनले भने, ‘भाईहरु तातेका हुन ।’

वडाध्यक्ष महराले वडामा गरेको विकास राम्रो भएको हामीहरुको पनि सर्मथन भएको बताउदै काँग्रेस वडा सभापति ठगुन्नाले समान्य छलफलका क्रममा अहसज स्थिति भएको बताए । तोडफोड समेत नगरेको उनले दावि छ । इलाका प्रहरी कार्यालय झलारीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । तर, घटनाको चौतर्फि बिरोध तथा भत्र्सना भईरहेको छ। स्वयम काँग्रेस नेता कार्यकर्ताले समेत बिरोध गरेका छन् । कार्यालयमै गएर दादागिरीशैलीमा हातपात गर्नु निन्दनिय भएको टिप्पणी गरिएको छ । बेलडाडी पोस्ट बाट सभार 

हेर्नुस भिडियो सहति

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया