सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा एकै दिन ४ लाख भन्दा धेरैको कारोना परीक्षण, ४८ हजार भन्दा धेरै संक्रमित थपिए

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको थियो भने निजी प्रयोगशालामा ७९ हजार ८७८ नमुना परीक्षण गरिएको थियो । यससँगै भारतमा प्रति १० लाख मानिसमा परीक्षणको संख्या ११ हजार ४८५ पुगेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।

Dirghayu Ads

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ६६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । तामिलनाडुमा संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ भने दिल्लीमा एक लाख २९ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्रोत : बीबीसी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.