Friday, September 25, 2020

मेलम्चीको सुरुङमा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनले देखायाे

- Advertisement -

काठमाडौँ – मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ ।

सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ । प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आकलन छ ।

खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो । समिति स्थलगत अध्ययन गरी फर्किएको छ । समितिका संयोजक दुवाडीले नटबोल्ट फिटिङमा केही समस्या हो कि ? गेट फिटिङ गर्दा राम्रोसँग नकसिएको हो कि भन्ने कुरा छ । हामी दुई÷चार दिनमै प्रतिवेदन सार्वजनिक गर्दैछौँ भने ।

सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ । गेटको क्षमता, गेट जडानको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले एक्कासि गेट खुलेर दुर्घटना हुन पुग्यो, प्राविधिक रूपमा सबै संरचना तयार भएपछि हामीले पानी पथान्तरण सुरु गरेका हौँ तर गेट किन खुल्यो ? प्रतिवेदन नआउन्जेल केही भन्न सकिँदैन भने । सुरुङ भित्रको पानीले बगाएको गाडी मेलम्ची खोलामा अड्किएको थियो । मन्त्रालयले घटनामा मृत्यु तथा घाइते हुनेलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको जनाएको छ । यो समाचार आजको आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया