Sunday, September 20, 2020

उमेर ढल्किदै गएपछि किन यौन इच्छामा कमि हुन्छ ?

- Advertisement -

जति जति उमेर ढल्कदै जान्छ, महिलामा यौन इच्छाको कमी हुँदै जान्छ । उनीहरु यौनमा उदासिन हुन थाल्छन् ।

हुन त शरीर बुढो भएपनि मन बुढो हुँदैन भनिन्छ । यौन इच्छा एक मानसिक अवस्थामा पनि निर्भर गर्ने कुरा हो । भलै यसमा शरीरले प्रभाव पारेपनि यौन इच्छा मनसँग बढी निकट छ । त्यसैले बुढो हुँदैमा यौन शक्ति घट्न सक्छ तर यौन इच्छामा कमी आउँदैन भन्ने आम धारणा छ ।

यद्यपि अधिकांश महिलाहरु उमेर बढ्दै जान्दा शारीरिक सम्बन्ध बनाउन रुची राख्न छाड्छन् । अर्थात उनीहरुलाई यौनमा रुची घट्न थाल्छ । किन होला ?

यसमा केही कारण छन् । जस्तो कि, उमेर ढल्किएपनि उनीहरुसँग पार्टनर हुँदैनन् । उनीहरु विधवा भएका हुनसक्छन् । त्यस्तै रजोनिवृत्तिसँग सम्बन्धित लक्षण, पार्टनरको खराब स्वास्थ्य र तनावग्रस्त सम्बन्ध । ‘मेनोपजः द जर्नल अफ द नर्थ अमेरिकन मेनोपज सोसाइटी’मा प्रकाशित एक अध्ययन अनुसार नियमित रुपमा शारीरिक सम्बन्ध बनाउने महिलाको रुचीमा उमेर सँगसँगै कमी आउन थाल्छ । र, रजोनिवृत्तिपछि शारीरिक सम्बन्धका आनन्द उठाउने महिलाको संख्या निकै कम छन् ।

यस अध्ययनमा रजोनिवृत्तिपछि महिलाको त्यस विषयमा निरिक्षण गरिएको थियो कि कुन किसिमको सम्बन्धमा घनिष्ठता, स्वास्थ्य र मनोवैज्ञानिक कारणले यी महिलाको यौन(अन्तरंग प्रभावित गर्छ ? नर्थ अमेरिकन मेनोपज सोसाइटीका चिकित्सक निदेशक स्टेफनी फ्युबियनले भनेका छन्, ‘उमेर बढेपछि त्यसका साथसाथै यौन स्वास्थ्य सम्बन्धी चुनौती महिलामा आम हो । साथै उनका पार्टनरले पनि महिलाको यौन गतिविधि र यौन सन्तुष्टिमा एक प्रमुख कारण बन्न सक्छ ।’

फ्युबियनले भनेका छन्, ‘यसबाहेक रजोनिवृत्ति सम्बन्धी समस्या जसतो कि शरीरको आन्तरिक भागमा सुखपान र सम्बन्ध बनाउँदा हुने पीडाले पनि यौन गतिविधिलाई प्रभावित बनाउँछ ।’

शोधकर्ताले रजोनिवृत्तिको क्रममा र त्यसपछि महिलामा शारीरिक सम्बन्धबारे किन रुची घट्छ भनेर अध्ययन गरेको थियो । अध्ययनका लागि केही जैविक कारकमाथि शोध गरिएको थियो । जस्तो कि, अचानक शरीरको तापमान बढ्नु, निद्रामा कमी, शरीरको भित्री अंगमा सुख्खापन हुनु ।

रजोनिवृत्तिपछि हुने मनोसामाजिक परिवर्तन यसको मूख्य कारण देखिएको छ । यसमा शरीरको बनावटदेखि अधिक सचेत हुनु, आत्मविश्वा र कथित वान्छनीयता, तनाव, मुडमा परिवर्तन र सम्बन्धसँग सम्बन्धित मुद्दा सामेल छन् ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना...

कपाल फुल्ने समस्या छ ? छुटकरा पाउन अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी । उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ । तर, उमेर...

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन्...

काठमाडौं । के तपाईको मुखमा साना(साना बिबिरा, फोका(फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना(कानी र कहिलेकाहीँ गालाको छेउसम्म...

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । https://youtu.be/K3x-1Ov4Vl8   तर,...

आलुको बोक्रा कति उपयोगी

हरेकको भान्सामा नभई नहुने वस्तु हो, आलु । आलु धेरैको लागि प्रिय तरकारी पनि । यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । थरीथरीका परिकार...

अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुुस घरायसी प्याक

काठमाडौं । अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -