Thursday, October 1, 2020

सोमबारबाट फेरि मनसुन सक्रिय हुने, सतर्क रहन विज्ञहरुको आग्रह

- Advertisement -

काठमाडौं – सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म केही स्थानहरुमा भारी वर्षा हुनेछ भने धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने विभागले जनाएको छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ, ‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’

त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९ मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ। मौसमविद्...

सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

काठमाण्डौ ९ आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको...

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि

कञ्चनपुरः दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७...

यी पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ, २४ घण्टासम्म सतर्क...

आज (आइतबार) देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी...

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको...

‘मनसुन पूर्ण सक्रिय नभए पनि देशभर जोखिम भने हटेको छैन’

काठमाण्डौ- अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने...

यस्तो छ आजको मौसम

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम लागेको मौसमविद्ले बताएका छन्। केही दिनयता मौसम यस्तै छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया