Sunday, September 20, 2020

अस्पतालबाट अमिताभ बच्चनको प्रार्थना: भगवान मलाई साथ दिनूस् !

- Advertisement -

मुम्बइ:  बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

हाल अमिताभसँगै उनका छोरा अभिनेता अभिषेक, बुहारी अभिनेत्री ऐश्वर्या राय र नातिनी आरध्या नानावती अस्पतालमा उपचाररत छन् । यस बीचमा अमिताभ र अभिषेकले आफूहरुको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गर्दैआएका छन् । करोडौं शुभचिन्तकलाई उनीहरुले अस्पतालबाटै सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन् ।

अमिताभका अनुसार अझै उनीहरुको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छैन । दुई साताअघि कोभिड १९ बाट संक्रमित भएका उनीहरुको स्वास्थ्य सामान्य रहे पनि कोरोनाबाट मुक्त भइसकेका छैनन् ।

तर अमिताभ बच्चनले हालै इन्स्टाग्राममा पोस्ट गरेको प्रार्थनाले चर्चा पाएको छ । उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका छन् । मानिसको भीडसहितको फोटो पोस्ट गर्दै भगवानलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ ।

र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनूस् भगवान !’ अमिताभको यस्तो प्रार्थनामाथि उनका करोडौं शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । साथै अधिकांशले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गर्दैआएका छन् ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -