Wednesday, August 5, 2020

चोलेन्द्रशम्शेरलाई मिश्रको आग्रह: प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुस्

- Advertisement -

१० साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेका छन् ।

संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका छन् ।

‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन ।’

जबराको फैसलालाई सबैले त्रुटिपूर्ण भनेको उल्लेख गर्दै उनले अघि भने, ‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनस्र्थापित गर्न सहायक सिद्ध हुन्छ ।’

साझा पार्टीका संयोजक कमिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताए । महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने उनले बताए ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने...

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा

रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका...

दशैंअघि विद्यालय खाेल्ने अवस्था छैन – शिक्षामन्त्री पोखरेल

काठमाडौं सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी...

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिबारे ओली र प्रचण्डबीच चर्काचर्की

काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष...

कञ्चनपुरको वेदकोटस्थित छेला–लिप्ना सडक निर्माण कार्य द्रुतगतिमा

साउन २०, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य द्रुतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको...

अब थप सचेत हुने बेला आएको छ: मुख्यमन्त्री त्रिलोचन भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको...

कोरोना नियन्त्रण परामर्श बैठकमा समेत गएनन् प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना राकथाम तथा नियन्त्रणका लागि सुझाव लिन आयोजना गर्नुभएको परामर्श बैठकमा सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार...

दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं, २० साउन । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -