Friday, October 2, 2020

सागमा पदक विजेता खेलाडीलाई सम्मान, नगद खेलाडीकै खातामा

- Advertisement -

झण्डै नौ महिनापछि गण्डकी प्रदेश सरकारले सागमा पदक विजेता खेलाडीलाई नगद खातामा हालिदिएको छ । गण्डकी प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रम २०७७र७८ मा सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्ने निर्णय गरेको थियो । निर्णयसँगै प्रदेश सरकारले कोभिड–१९ कै कारण सार्वजनिक कार्यक्रम नगरी खेलाडीहरूकै खातामा रकम जम्मा गरिदिएको हो ।

नेपालले गत मंसिर १५ देखि २४ गतेसम्म आयोजित १३औं दक्षिण खेलकुद प्रतियोगिता सम्पन्न गरेको थियो । काठमाडौंसहित पोखरामा आठ खेल आयोजना हुदाँ जनकपुरमा भने एउटा आयोजना गरिएको थियो । सागमा नेपाली खेलकुदकै इतिहासमा सर्वाधिक ५१ स्वर्ण पदक जितेको थियो ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट व्यक्तिगत तथा टिम इभेण्टको प्रतिस्पर्धामा गरी ४० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागि सबै खेलाडीले पदक जितेका थिए ।

खेलाडीहरूले विभिन्न २१ खेलमा पदक जितेको तथ्यांक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले औंल्याएको छ । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा व्यक्तिग र टिम इभेण्टमा गरी ४ स्वर्ण, २३ रजत र १६ कास्य जितेका थिए ।

‘खातामै पैसा आयो । हिजो मात्रै आईपुग्यो ।’ आर्चरीका खेलाडी एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेचरनले बताए । कास्कीका टेनिस खेलाडी प्रदीप खड्काले पनि आफनो खातामा प्रदेश सरकारले सम्मान स्वरुप पैसा जम्मा गरिदिएको सुनाए ।

प्रदेश सरकारले व्यक्तिगत तर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश १ लाख ७५ हजार र ५० हजार रुपैया प्रदान गरेको छ । टिम इभेण्ट तर्फको विजेतालाई ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

गण्डकी प्रदेशका नविन रसाईली कराँते (बाग्लुङ), पार्वती गुरुङ तेक्वान्दो (लमजुङ) र स्याङजाकी प्रशंसा क्षत्रीले तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए । फुटबलमा सुमन अर्याल( नवलपुर)ले स्वर्ण पदक जितेका थिए । साईक्लिङमा पोखराकी जमूना थापा र उषा खनालले रजत पदक जितेकी थिईन् । कराँते तनहुँकी अनु गुरुङले रजत पदक जितेकी थिईन् ।

अरुण शाही (भलिबल, म्याग्दी रजत), उसुमा विन्दु पुन(म्याग्दी, रजत), टेवल टेनिसका दिनेख खनिया(लम्जुङ, रजत), महिला भलिबल तर्फ उषा भण्डारी(तनहुँ, रजत),सेफिया पुन(बाग्लुङ, रजत), हिरा केसी(पर्वत, रजत), कमला पुन(म्याग्दी, रजत), महिला बास्केटल तर्फ एलिना गुरुङ (कास्की, रजत), रचना श्रेष्ठ(गोरखा, रजत), अनुषा मल्ल(तनहुँ, रजत),प्रिती तुलाचन(बाग्लुङ, रजत), पौडीकी दुवाना लामा(मनाङ, दुई रजत), महिला फुटबल तर्फ सावित्रा भण्डारी(लमजुङ, रजत), महिला ट्रायथोलन केशरी थापामगर(तनहुँ, रजत), महिला खो खो धनमाया दर्लामी(बाग्लुङ, रजत), महिला ह्याण्डबल झिनमाया थापा(कास्की, रजत), महिला बक्सिङ संगीता सुनार(कास्की, रजत), फेन्सिङ सीता पाठक(स्याङजा, रजत), तेक्वान्दो निमा गुरुङ(मुस्ताङ, रजत) पदक जितेका थिए ।

त्यसैगरी कास्य पदक विजेताहरूमा कराँते राजकुमार रसाईली(बाग्लुङ), सोमबहादुर थापा( गोरखा, एथलेटिक्स), योगेन्द्र शेचरन(आर्चरी, कास्की), प्रदीप खड्का( कास्की, टेनिस), नविन मगर(म्याग्दी, टेनिस), कृष्ण थापा(गोरखा, स्क्वास), अमृत थापामगर गोरखा, स्क्वास), शिवबहादुर बराम(गोरखा, जुडो), करण केसी(बाग्लुङ, क्रिकेट), तारादेवी पुन(म्याग्दी, भारोत्तोलन) मनकुमारी कुमाल(तनहुँ, भारोत्तोलन) रहेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया