Sunday, September 27, 2020

कुमारित्वमाथि किन कुण्ठित प्रश्न ?

- Advertisement -

हाम्रो शास्त्र र सामाजिक व्यवस्थाले ‘भर्जिनिटी’ अर्थात कुमारित्वलाई विशेष रुपले महिलाको चरित्रसँग जोडेर उनको लागि राम्रो चरित्रको मापदण्ड निर्धारण गरिदिएको छ । जबकी समाजमा कुमारित्वको परिभाषा यो भन्दा ठीक उल्टो छ ।

खासगरी समाज र शास्त्र अनुसार यसको अर्थ हुन्छ, कुमारित्व हुनु भनेको तपाईं पूर्णत शुद्ध हुनुहुन्छ । यसमा कुनैपनि कुराको शुद्धताको कुरा गरिएको छैन । केवल युवतीको शुद्धताको कुरा गरिएको छ । युवतीको कुमारित्वलाई नै उनको शुद्धताको पहिचानसँग जोडिएको छ । पुरुषको शुद्धताको कुरा कहीँ गरिएको छैन ।

छिमेकी मुलुक भारतको कतिपय स्थानमा अहिले पनि विवाहअघि युवतीको कुमारित्वको प्रसंगलाई महत्वका साथ उठाइन्छ । त्यहाँ कुमारित्व परीक्षणको नाममा सुहागरातको दिन सेतो च्यादर ओछ्याउने गरिन्छ । विवाहअघि इच्छा वा अनिच्छाले कसैसँग शारीरिक सम्बन्ध बनाउन पुगेका कति महिलाहरुको जीवन नर्कमा फसेको होलान् ?

कुमारित्वलाई लिएर हाम्रो समाज एकदमै संकिर्ण र कुष्ठित छ । यही कारण कतिपय महिला जीवनभर भावनात्मक अत्याचार झेलेर बाँचिरहेका छन् भने कतिपयको सम्बन्ध बिच्छेद भएको छ ।

विवाहअघि कुनै युवतीले शारीरिक सम्बन्ध बनाएका छन् उनीहरुलाई विवाहपछि सधै शंकाको घेरामा राखिन्छ । उनीहरुको चरित्रमाथि औला उठाइन्छ । हेय दृष्टिले हेरिन्छ ।

आज हामी समाज आधुनिक भयो भन्छौं । मान्छेहरु शिक्षित र सभ्य भए भन्छौं । तर, कुमारित्वको सन्दर्भमा मान्छेको चेतना अझै पुरातन ढर्राको छ । शिक्षित, सभ्य भनिएकाहरुमा समेत यस किसिमको कुष्ठित मनोविज्ञान ज्युँको त्युँ छ ।

खासगरी पुरुषहरु आफ्ना हुनेवाला श्रीमती कुमारी होस् भन्ने चाहन्छन् । विवाहअघि नै हुनेवाला श्रीमतीको कुमारित्व भंग भएको उनीहरु पटक्कै स्विकार्न सक्दैनन् ।

कुमारी कन्यलाई देवी मान्ने हाम्रो संस्कारले पनि यसमा विरोधाभास स्थिति ल्याएको छ । त्यसैगरी शास्त्र, पुराण, महाभारत जस्ता ग्रन्थहरुले समेत विवाहित वा शारीरिक सम्बन्ध बनाइसकेका महिलालाई ‘पवित्र’ मान्दैन ÷स्विकार गर्दैन । मनुस्मृतिमा त स्पष्ट भनिएको छ–

‘पिता रक्षति कौमारे, भर्ता रक्षित यौवने्रक्षंति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र महेति मनुस्मृति (९–३)

स्त्री जब कुमारी हुन्छन्, तब उनका पिताले रक्षा गर्छन् । युवावस्थामा पतिले र वृद्धावस्थामा पति भएन भने उनको पुत्रले रक्षा गर्नेछ । यसको अर्थ के भने स्त्रीलाई जीवनको कुनैपनि चरणमा आफ्नो स्वतन्त्रता छैन । कुरा केवल मनुस्मृतिको मात्र होइन । महाकवि तुलसीदासले रामचरितमानसमा यसको पुष्टि गर्दै लेखेका छन्, ‘महावृष्टि चलि फूटि कियारी जिमि सुतन्त्र भये विगरहिं नारी ।’ अर्थात धेरै स्वतन्त्रता पाएमा नारी बिग्रिन्छन् । महाभारतमा भनिएको छ पति जस्तोसुकै होस्, तर स्त्रीका लागि उनको आभूषण हो । यस्तै धारणाहरुले आज पनि सामाजमा महिलाप्रतिको दृष्टिकोण संकुचित बनाएको छ ।

कुमारित्व जोगाउनुपर्ने मान्यता यसकारण विकास भएको छ कि, महिलाले आफ्ना पुरुषलाई त्यही मानसिक सुख दिन सकोस् कि ‘तपाईं नै मेरो जीवनको पहिलो पुरुष हुनुहुन्छ ।’ तर, यही कुरा एउटा पुरुषले भन्न सक्छ ? वा महिलामाथि यस्तो प्रश्न गर्ने अधिकार दिइन्छ ?

गृहशोभाबाट भावनुवाद

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया