सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

जहाँ मन बस्छ, त्यही घर

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
July 25, 2020
Reading Time: 1min read
0
जहाँ मन बस्छ, त्यही घर

Asian family enjoy playing and cooking food in kitchen at home

घरसँग हाम्रो भावनात्मक नाता जोडिनुपर्छ । यसका लागि कंक्रिट, काठ वा ढुंगा(माटोको संरचना ठड्याएर मात्र पुग्दैन । त्यहाँ हाम्रो शरीरले सहज अनुभव गर्नुपर्छ, मन रमाउनुपर्छ।

RELATED POSTS

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

यसैगरी व्यापारिक भवन होस् वा कर्पोरेट हाउस, त्यसले उपभोक्ता, सेवाग्राही र आगन्तुकलाई लोभ्याउनुपर्छ ।

यही मान्यताअनुसार इन्टेरियर डिजाइन अर्थात् आन्तरिक सज्जाको अवधारणा विकास भएको पाइन्छ।

यद्यपि आन्तरिक सज्जा (इन्टेरियर डिजाइन)लाई अहिले त्यति आयमिक रुपमा बुझिएको छैन, जति यसका अवयवहरू फैलिएका छन् । आन्तरिक सज्जा भनेको भित्री सजावट, लिपपोत, फर्निसिङ, लाइटिङ, कलरिङ आदिलाई बुझिन्छ । जबकि आन्तरिक सज्जा केवल भित्री रंगरोगन र सजावट मात्र होइन । यो कला र विज्ञानको यस्तो संयोजन हो । जसले घरको सौन्दर्य मात्र नभएर सहजता र स्वास्थ्यलाई पनि समेट्छ ।

कसरी गरिन्छ आन्तरिक सज्जा ?

कुनै पनि घरको आन्तरिक सज्जा कसरी गरिन्छ त ? कुनै एउटा ढाँचाभित्र रहेर गरिने सजावटको काम नै आन्तरिक सज्जा हो । तर, यतिले मात्र यसको परिभाषा पूरा हुँदैन । आन्तरिक सज्जा भनेको यस्तो कलात्मक व्यवस्थापन हो, जसले घरलाई सहज र सुन्दर बनाउँछ ।

आन्तरिक सज्जाभित्र घरको रंगरोगनदेखि फर्निचर व्यवस्थापनसम्म पर्छ। झ्यालढोकाको पर्दादेखि प्रकाश व्यवस्थापनसम्म पर्छ ।

ADVERTISEMENT

कुनैपनि घर चाहे त्यो निजी आवासका लागि होस् वा सामुदायिक आवासको वा त व्यापारिक भवन नै। सुरुमा त्यसको संरचनागत ढाँचा अध्ययन गरिन्छ । कसरी बनाइएको छ ? त्यहीअनुसार आन्तरिक सज्जा कस्तो गर्ने भन्ने प्रारम्भिक खाका बन्छ । यद्यपि कुनै पनि भवन, घर, कोठाको बनावट हेरेर मात्र आन्तरिक सज्जा कस्तो गर्ने भन्ने तय हुँदैन ।

घर-परिवारको आवश्यकता

घरको आन्तरिक सज्जा कस्तो बनाउनेभन्दा पनि घर र उनको परिवारको आवश्यक्ता के भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

जस्तो घरमूली कुनै कम्पनीमा काम गर्छन् । उनी बिहान चाँडै कार्यालय निस्कन्छन् र राति अबेर फर्किन्छन् । मान्छेहरूसँग सम्पर्कमा रहिरनुपर्छ । घरमै पनि कार्यालयका कतिपय काम गर्नुपर्छ। ल्यापटप चलाउनुपर्ने हुन्छ ।

अब उनको पेशा वा व्यवसायअनुसार घरको आन्तरिक सज्जा उपयुक्त किसिमको हुनुपर्छ । जस्तो कि, आफ्नो फाइलहरू व्यवस्थित गर्न सकियोस् । खोजेको बेला सहजै भेट्न सकियोस् । बेड रुम वा अरू कुनै ठाउँमा बसेर ल्यापटपमा काम गर्न पाइयोस् ।

खासमा आन्तरिक सज्जा भनेको सजावट मात्र होइन, घरमा बस्ने व्यक्तिलाई सहज र आकर्षित बनाउने विधि पनि हो ।

मान्छेको पेसा(व्यवसाय फरक हुन्छ । त्यहीअनुसार उनीहरूको प्रवृत्ति एवं स्वभाव हुन्छ । घरको आन्तरिक सज्जा तयार गरिरहँदा उनीहरूको मनोविज्ञान एवं प्रवृत्ति बुझ्नुपर्छ ।

घरमा साना बालबालिका बस्न सक्छन् । बुढाबुढी बस्न सक्छन् । उनीहरू सबैका लागि अनुकूल सजावट कसरी गर्न सकिन्छ ? फर्निचर कसरी राख्दा सहज हुन्छ ? कस्तो रंगले उनीहरूलाई खुसी र आनन्दित तुल्याउँछ ? यी सबै कुरा बुझेर मात्र आन्तरिक सज्जाको खाका बनाउनुपर्छ ।

घरभित्र जे(जति कोठा हुन्छन्, ती सबैको फरक र आफ्नै किसिमको विशेषता हुन्छ। ती कोठालाई हामीले भिन्न कामका लागि प्रयोग गर्छौं । साथसाथै ती कोठामा बिताउने समय पनि फरक हुन्छ । यसर्थ सबै कोठालाई एकै ढाँचाबाट सजाउन मिल्दैन ।

वास्तु विज्ञान र आन्तरिक सज्जा

घरको आन्तरिक सज्जामा पनि वास्तु विज्ञानको महत्व रहन्छ । वास्तु भनेको आफैँमा विज्ञान हो । यसले घरको संरचना, सजावट, फैलावट, दिशा आदि सबै कुरालाई त्यसरी नै व्यवस्थित गर्छ, जसरी हामीलाई अनेक किसिमको लाभ मिल्छ ।

आन्तरिक सज्जा र मनोविज्ञान

आन्तरिक सज्जाको महत्व किन छ ? किन मान्छेले घर निर्माणसँगै आन्तरिक सज्जाका लागि ध्यान दिन्छन् ? किनभने घर, कोठा, कार्यालय कुनै पनि स्थानको आन्तरिक सज्जासँग हाम्रो मनोविज्ञानको सम्बन्ध रहन्छ । यति चिटिक्क परेको, रहरलाग्दो, सजिलो किसिमको आन्तरिक सज्जा छ भने हाम्रो मन यसै फुरुंग हुन्छ ।

तर, यता पनि ठोक्किने, उता लड्ने, हिँडडुल गर्दा जतन गरेर हिँड्नुपर्ने, दिक्कलाग्दो खालको आन्तरिक सज्जा छ भने हामी त्यहाँ बस्न सक्दैनौं। हामीलाई भित्रभित्रै त्यसले तनाव दिइरहेको हुन्छ । जस्तो तपाईंको बेड रुपमा एउटा कुर्सी सजाउनुभएको छ, जुन भद्दा देखिन्छ । कोठालाई साँघुरो बनाएको छ । हिँडडुल गर्दा त्यसमा ठोक्किने पनि हुन्छ । तपाईंलाई उक्त कोठामा बस्दा मानसिक तनाव भइरहेको हुन्छ । तर, तपाईंले ठम्याउन सक्नुहुन्न कि कुर्सीको कारण यस्तो भइरहेको छ ।

जस्तो तपाईं कालो रंग पोतिएको कोठामा बस्नुहोस् । त्यहाँ बस्दा तपाईं कस्तो अनुभूत गर्नुहुन्छ ? कति समय त्यहाँ बस्न सक्नुहुन्छ ? पक्कै पनि तपाईंलाई बस्न मन लाग्दैन । किन मन लाग्दैन ? किनभने त्यो कोठाको आन्तरिक सज्जाले तपाईंलाई बाधा गरिरहेको छ ।

वास्तवमा आन्तरिक सज्जासँग हाम्रो मानसिकता वा भावना पनि जोडिएको छ । त्यसैले घर, कोठा, कार्यालय, व्यावसायिक भवन आदिको आन्तरिक सज्जा तयार गरिरहँदा त्यसबाट हामी कति आनन्दित हुन्छौं भन्ने कुरा पनि ध्यान दिनु आवश्यक छ ।

कस्तो फोटो सजाउने ?

घरको आन्तरिक सज्जा अन्तर्गत फोटो राख्ने पनि चलन छ। तर, राम्रो देखाउनका लागि भित्तामा टाँगिएको वा कतै राखिएको फोटो भद्दा पनि देखिन सक्छ । जथाभावी वा जस्तोसुकै आकारको फोटो त्यति सुहाउँदैन ।

फोटो कस्तो राख्ने भन्ने कुरा महत्वपूर्ण छ।

घरको भित्तामा तपाईंले जस्तोसुकै फोटो राख्न उपयुक्त हुँदैन । फोटो अर्थपूर्ण र सुहाउँदो पनि हुनुपर्छ । मलाई के लाग्छ भने तपाईंले घरमा सजाउने फोटो भनेको आफ्नो फेमेली ट्रि अर्थात वंशको हो । हजुरबा(हजुरआमादेखि नातिनातिनीसम्मका पुस्ताको फोटो सजाउनु उपयुक्त हुन्छ ।

यस्तो फोटो हेरेर हामी रोमाञ्चित हुन्छौं । हामीलाई आफ्नो पूर्खाहरू कस्ता थिए, पुस्तान्तरणसँगै हामी कसरी हुर्कियौं भन्ने कुराको बोध हुन्छ ।

त्यसैगरी आफ्नै मुलुकका प्राकृतिक दृश्यहरु, ऐतिहासिक महत्वका दृश्यहरु भएका फोटो सजाउन सक्छौं । यसले हाम्रा बालबालिकालाई आफ्नो देश कस्तो छ भन्ने कौतुहलता जगाइदिन्छ ।

(इन्टेरियर डिजाइनर अर्चना शाहसँग कुराकानीमा आधारित)-अनलाइनखबर

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

January 18, 2021
धेरै रोगको औषधी सिस्नु कसरी खाने ?
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

January 18, 2021
के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस
समाज

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो ? 

January 18, 2021
सपनामा मृ त्यु भइसकेका मानिस देखे के हुन्छ ?
समाज

साढे सातको दशा कटाउन के गर्ने ?

January 15, 2021
४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !
समाज

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !

January 15, 2021
Next Post
कुमारित्वमाथि किन कुण्ठित प्रश्न ?

कुमारित्वमाथि किन कुण्ठित प्रश्न ?

अमेजन मालिक बेजोसको सम्पत्ति एक दिनमै १३ अर्ब डलरले बढ्यो

अमेजन मालिक बेजोसको सम्पत्ति एक दिनमै १३ अर्ब डलरले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In