Sunday, September 27, 2020

विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने

- Advertisement -

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन्।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भइरहेको जानकारी दिए।

उनले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कमद विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताए। उनले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैंसे गर्नुपर्ने बताए।

उनले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्ने बताए। मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफलिएको भन्दै खासठाउँमा देखिएको संक्रमणलाई समुदायको भन्न नमिल्ने बताए। उनले अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादै नै सराहनीय रहेको बताए।

विकसित देशको भन्दा राम्रोसँग कोरोनाको नियन्त्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताए।

सो कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताए। जनस्वास्थ्यविद डा. सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले हेल्थ वर्करहरूलाई अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताए।

भाइरोलोजिष्ट डा समिरमणि दीक्षितले कोरोनाभाइरसको डर कम गर्न नमूनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमूनाहरू दिएर सहोग गर्नुपर्ने बताए।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया