Thursday, October 1, 2020

पाचन प्रणाली कसरी राम्रो बनाउने ?

- Advertisement -

विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन । खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ ।

यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

अमलाको धुलो

दैनिक सुत्नुभन्दा अगाडि एक चम्चा अमला पाउडर सेवन गरेर अपचको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तपाईं त्रिफला चुर्ण पनि लिन सकिन्छ ।

सुप

खाना खाएपछि सुप सेवन गर्दा पनि धेरै फाइदा मिल्छ । यसले आन्द्रालाई राम्ररी सफा गर्छ । यसको सेवनबाट पेट सँधै सफा रहन्छ । साथै पेटमा ग्यास जम्मा हुन पाउँदैन ।

मोही

मोहीमा औषधीय गुण रहेको हुन्छ । खाना खाएपछि पानी पिउनुको साटो मोही पिउनुपर्छ । यसबाट बिहानको समयमा पेट बिल्कुल सफा हुन्छ । यसको सेवन बिहानको खानापछि गर्नु राम्रो मानिन्छ ।

सलाद

पेट सफा नहुने समस्या भोगिरहेका व्यक्तिहरुले बढिभन्दा बढि सलाद सेवन गर्नुपर्छ । सलादमा मुला, गाजर, टमाटर, चुकन्दर, काँक्रो आदि हाल्न सकिन्छ । यसमा फाइबरको मात्रा धेरै हुन्छ जसले आन्द्रालाई राम्ररी सफा हुन्छ ।

पानी

ध्यानमा राख्नुपर्ने कुरा के हो भने खाना खाने क्रममा कहिल्यै पनि पानी पिउनु हुँदैन । आयूर्वेदका अनुसार खानासँगै पानी पिउनु हानिकारक हुन्छ । जहिले पनि खाना खाएको ४० मिनेटपछि पानी पिउनुपर्छ । यसले पाचनयन्त्र ठिक हुन्छ । खाना पनि सजिलै पच्छ । यसका अलावा दिनभरी पटक पटक पानी पिइरहनु पर्छ ।

बज्रासन

यसले आमाशय, पेट र गर्भाशयको पांसपेशीहरुलाई शक्ति प्रदान गर्छ । हर्नियाका रोगीहरुलाई यो आसन अत्यन्त प्रभावकारी हुन्छ । वजनलाई कम गर्न र शरीरलाई सुडौल बनाउन पनि यो आसनले मद्दत गर्छ ।

यसरी गरौं बज्रासन

खाना खाएपछि चकटी ओछ्याएर बसौं । दुवै घुँडालाई मोड्ने र हत्केलाको बलले बस्नुपर्छ । दुवै खुट्टाका औंलाहरु आपसमा मिलेको हुनुपर्छ र कुरकुच्चामा अलिकति दूरी हुनुपर्छ ।

शरीरको पूरै भार खुट्टामा सार्ने । बज्रासन गर्ने क्रममा कम्मरलाई एकदम सिधा राख्नुपर्छ । यही अवस्थामा दस मिनेट बस्ने र लामो–लामो सास लिनुपर्छ । बज्रासनको दौरान शरीरको मध्यभागमा सबैभन्दा बेसी दवाव पर्छ । यसबाट पेट तथा आन्द्रामा हल्का दबाब पर्छ जसले गर्दा कब्जियतको समस्या हट्छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनुहारका पूराना भन्दा पूराना दाग हटाउन यसरी प्रयोग गर्नुहोस मह !

धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग(धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जि द्दी डग(धब्बाबाट छुटकारा...

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस...

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया