सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माइती नेपालको सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम जारी

 कञ्चनपुर, ०९ साउन । कञ्चनपुरका विभिन्न स्थानीय तहमा माइती नेपाल कञ्चनपुरले विपन्न परिवारका लागि सामुदायिक भान्सा अभियान सञ्चालन गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि करीब ४ महिनासम्म गरिएको बन्दाबन्दीका कारण समस्यामा परेका अतिविपन्न परिवार तथा महिला, बालबालिकाहरुका लागि गत असार १६ गतेदेखि सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम जारी रहेको छ । लामो समयसम्म भएको बन्दाबन्दीका कारण दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेको भन्दै माइती नेपालले सो अभियान सञ्चालन गरेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनु भएको छ ।

भदौ १५ गतेसम्म जारी रहने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असहाय, वृद्ध तथा एक महिलाहरु गरी दैनिक २ सय ६० जना सम्मलाई एकएक छाक पोषिलो खाना खुवाइने क्रम जारी रहेको संयोजक भट्टको भनाइ छ । माइती नेपाल, युएन ओमन तथा स्थानीय तहको समन्वयमा सञ्चालन गरिएको अभियान अन्तर्गत भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका, लालझाडी गाउँपालिका र वेदकोट नगरपालिकाका विभिन्न टोलबस्तीहरूमा कार्यक्रम गरिएको छ भने अन्य स्थानीय तहहरूमा समेत कार्यक्रम गरिने बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

यसैबीच, शुक्रबार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा रहेका दुईवटा शिविरहरूमा समेत सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले लामो समयसम्मको बन्दाबन्दीले सबै क्षेत्र प्रभावित भएपनि दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने घरपरिवारको अवस्था दयनीय भएको उल्लेख गर्नुभयो ।

दैनिकी निर्वाह गर्नै अप्ठ्यारो परेको परिस्थितिमा माइती नेपालले सञ्चालन गरेको सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियानको नगर प्रमुख चन्दले प्रशंसा गर्नुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.