सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा पहिरोमा परी एक बालक बेपत्ता

दार्चुला- पहिरोमा परी दार्चुलामा एक बालक बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँमा पहिरो जाँदा नौगाड गाउँपालिका वडा नम्बर २ तल्लो सुण्डमुण्डका ६ वर्षीय बालक बेपत्ता भएका हुन।

शुक्रबार दिउँसो सदरमुकाम खलंगाबाट घर जाँदै गरेका धनबहादुर ठगुन्नाका ६ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले जानकारी दिए।

Sana Kishan

जेनिससँगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको उनले बताए।

World Link Ads
Mahakali Polytechnic

अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.