सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

ठूला आयोजनाले चाहिएजति नदीजन्य सामग्री उत्खनन गर्न पाउने

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
July 24, 2020
Reading Time: 1min read
0
ठूला आयोजनाले चाहिएजति नदीजन्य सामग्री उत्खनन गर्न पाउने

९ साउन, काठमाडौं । सरकारले ठूला, राष्ट्रिय गौरवका, रुपान्तरणकारी र प्राथमिकता प्राप्त आयोजनालाई निर्माण सामग्रीको अभाव हुन नदिने व्यवस्था गरेको छ ।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत गरी ठूला आयोजनामा निर्माण सामग्री अभाव हुन नदिने व्यवस्था गरेको हो ।

उक्त मापदण्डअनुसार अब ठूला आयोजनालाई चाहिने नदीजन्य सामग्री अभाव हुन नदिन स्थानीय तहले विशेष व्यवस्था मिलाउनुपर्नेछ ।

आयोजनाले सिफारिस गरेपछि तोकिएको स्थानबाट तोकिएको परिमाणमा निर्माण सामग्री संकलनको व्यवस्था गाउँपालिका वा नगरपालिकाले मिलाइदिनुपर्नेछ । तर यस्ता आयोजनाले नदीजन्य निर्माण सामग्री उत्खनन् तथा संलकन गर्नुअघि वातावरणीय अध्ययनको काम भने अनिवार्य रुपमा गर्नुपर्नेछ ।

स्थानीय तहले निश्चित मूल्य लिएर ठूला आयोजनालाई नै निर्माण सामग्री संकलन तथा ढुवानीको अनुमति दिन सक्ने व्यवस्था पनि मापदण्डमा गरिएको छ ।

नेपालमा आयोजना कार्यान्वयनमा जग्गा प्राप्ती र नदीजन्य निर्माण सामग्रीको उपलब्धता मूख्य चूनौती मानिन्छ । नदीजन्य सामग्रीको अभावकै कारण कतिपय आयोजना निर्धारित मितिमा पूरा हुन नसकेको गुनासो पनि निर्माण व्यवसायीको रहेको छ ।

बाहिर प्रयोग भए कारवाही

ADVERTISEMENT

ठूला आयोजनाले आफूलाई चाहिने निर्माण सामग्री निकाल्नुपरेमा सम्बन्धित आयोजना कार्यालयबाट परिमाण खुल्ने सिफारिस पत्र स्थानीय तहलाई दिनुपर्नेछ । सँगै वातावरणीय अध्ययन प्रतिवेदन, आयोजनाको डिपीआर तथा आयोजना सञ्चालनको सम्झौतापत्र पनि बुझाउनुपर्नेछ ।

यसरी प्राप्त कागजातपछि स्थानीय सरकारले शूल्क र दस्तुर लिएर आयोजनालाई निर्माण सामग्री निकाल्ने अनुमति दिन सक्छ । त्यसपछि आयोजनाले तोकिएको ठाउँबाट मात्र निर्माण सामग्री निकाल्नुपर्नेछ । अन्य स्थानबाट निकालेमा वा अनुमतिको दुरुपयोग गरेमा आयोजना प्रमुखलाई कारवाही गर्न स्थानीय तहले सिफारिस गर्न सक्छ ।

व्यक्तिले बिक्री गर्न पनि अनुमति चाहिने

कुनै व्यक्ति तथा संस्थाले स्थानीय तहभित्र निजी रुपमा कुनै संरचना बनाउँदा ढुंगा, गिट्टी, बालुवा निस्किएमा व्यवसायिक रुपमा बिक्री गर्न पाउने छैन ।

यसरी निस्किएको वस्तु बिक्री गर्नेपर्ने भएमा कानून अनुसार वातावरणीय अध्ययन गराउने, सम्बन्धित स्थानीय तहबाट अनुमति लिने र दस्तुर तथा शुल्क बुझाएपछि मात्र बिक्री गर्न पाउनेछन् ।

मेसिन प्रयोग गर्नुपरे अनुमति अनिवार्य

उक्त मापदण्डअनुसार निर्माण सामग्रीको संकलन तथा उत्खनन्मा सामान्यतया श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्ने भएको छ । मेसिन प्रयोग गर्नुपर्ने भए जिल्ला विपद् व्यवस्थापन समितिको अनुमति अनिवार्य गरिएको छ ।

निर्माण सामग्री झिकिसकेपछि त्यहाँ खाडल नहुने गरी सम्याएर मात्र छाड्नुपर्छ । घना वस्ती र वन क्षेत्रको दुई किलोमिटर आसपास, राजमार्गको ५ सय मिटर दूरी भित्रको नदी, सडक, पुल तथा झोलुंगे पुलको एक किलोमिटर तल र ५ सय मिटर माथिको नदीजन्य पदार्थ भने निकाल्न नपाइने मापदण्डमा उल्लेख छ ।
खानी उत्खननसम्बन्धी कार्ययोजना स्वीकृत गराउनुपर्ने

कुन स्थानबाट नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न दिने भन्ने विषय स्थानीय तह आफैंले तय गर्नेछ । त्यस्तो स्थानको वातावरणीय अध्ययन प्रतिवेदन बनिसकेको हुनुपर्छ ।

खानी तथा क्रसर उद्योग संचालन तथा निर्माण सामग्री आपूर्तिको लागि तोकिएका क्षेत्र, निजी जग्गामा नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको क्षेत्रसमेत स्थानीय तहले निर्धारण गर्नुपर्छ । यसको व्यवस्थापनको जिम्मा समेत स्थानीय सरकारले मिलाउनुपर्छ ।

यस्ता खानी तथा स्थानबाट हुने उत्खनन् र संकलन सम्बन्धी कार्ययोजना तयार गरी गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत गराउनुपर्छ । त्यसपछि गाउँसभा, नगरसभाले स्वीकृत गरेको दरमा उत्खनन् र संकलन तथा बिक्रीको ठेक्का व्यवस्थापन गर्नुपर्छ ।

ठेक्का पाएका व्यक्ति तथा कम्पनीले तोकिएका मापदण्ड पूरा गरी तोकिएको क्षेत्रबाट निश्चित परिमाणमा मात्र त्यस्तो सामग्री निकाल्न पाउनेछन् ।

यसरी उत्खनन हुने क्षेत्र दुई वा सोभन्दा बढी स्थानीय सरकारको भुभाग पर्ने स्थानमा भए संयुक्त समिति बनाएर संकलन, उत्खनन् तथा बिक्रिको व्यवस्था मिलाउनुपर्नेछ । यसरी संकलन हुने राजस्व पनि संयुक्त हुनेछ र बाडफाँट गर्नुपर्नेछ । –अनलाईन खबर

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post
सामूहिक बलात्कार : प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ

कञ्चनपुरमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

दार्चुलाको खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना गरिदैँ

दार्चुलाको खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना गरिदैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In