Friday, October 2, 2020

शुक्लाफाँटा निकुञ्जमा मात्रै पाइने दुर्लभ सुनौलो तोप चरा संरक्षण कार्य अगाडी बढाईयो

- Advertisement -

 कञ्चनपुर- दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ।

नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ। सुनौलो तोप चरा जोगाउनका लागि नियमितरूपमा निगरानी राख्ने कार्यसँगै चराको आहारविहार र बासस्थानबारे अध्ययन कार्यमा समेत जोड दिइएको छ।

निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “सुनौलो तोप चराबारे एक हप्ता लगाएर सर्भेक्षणको कार्यसमेत गरेका छौँ। यसको बासस्थानलाई कसरी सुरक्षित गर्ने भन्ने बारे योजनाबद्ध रूपमा अगाडि बढेका छौँ ।” सङ्कटापन्न अवस्थामा रहेका अन्य जीवजन्तु र चराचुरुङ्गी जस्तै सुनौलो तोप चरालाई जोगाउन उत्तिकै महत्व दिइएको उनले बताए। सुनौलो तोप चराको प्रजाति विश्वमै दुर्लभ भएकाले बचाइराख्नु आजको आवश्यकता भएको अधिकृत उनको भनाइ छ।

निकुञ्जको घाँसे मैदानका बीच भागमा बासस्थान बनाएको सुनौलो तोप चराको सङ्ख्या १०० देखि २०० को हाराहारीमा रहेको छ। झट्ट हेर्दा भँगेरा जस्तै तर पहँेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको अधिकृत पौड्यालले बताए। “रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ”, उनले भने। तोप चराका सुनौलो, बायाँ, छातिकाले र धर्के गरी चार वटा प्रजाति पाइने गरेका छन्। तीमध्ये सुनौलो तोप चरा दुर्लभ प्रजातिका रूपमा रहेको छ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चराविज्ञ हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाउनुभएको थियो। सुनौलो तोप चरा पत्ता लागेपछि निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ। सन् २००७ मा कोशी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन।

“सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ”, निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालले भने, “किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ।” खेतबारीमा हालिने विषादी र अनावश्यकरूपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ। निकुञ्जको घाँसे मैदानक्षेत्र नजिकैका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरूपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछ।

तोप चरालाई सामाजिक चराका रूपमा समेत लिइने गरिन्छ। सामूहिकरूपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा लिइन्छ। आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ। अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन्।

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरूपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ। मनसुनको समयमा तोप चराले प्रजनन गर्दछन्। प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ।

मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछ । एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछ। बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउन गुँड विशेष प्रकारले बनाइएको हुन्छ।

नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन्।

तीमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन्। आगन्तुक साइबेरियन चराका लागि पनि शुक्लाफाँटा प्रसिद्ध रहेको छ। क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बाहिरिँदै मनसुन, कहिलेसम्म हट्ला?

काठमाडौं, असोज १५- नेपालबाट क्रमशः मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट लगभग यो...

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९ मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ। मौसमविद्...

सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

काठमाण्डौ ९ आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको...

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि

कञ्चनपुरः दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७...

यी पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ, २४ घण्टासम्म सतर्क...

आज (आइतबार) देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी...

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको...

‘मनसुन पूर्ण सक्रिय नभए पनि देशभर जोखिम भने हटेको छैन’

काठमाण्डौ- अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया