सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केटीले अर्कै केटालाई मन पराएपछि एसिड हानेको खुलासा

काठमाडौं – बिहीबार साँझ काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुईजना पकाउ परेका छन्। प्रहरीले सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड हान्ने योजना बनाउने गर्ने र एसिड प्रहार गर्ने दुईलाई सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा पत्रकार सम्मेलन गरेर प्रहरीले एसिड प्रहारमा संलग्न रौतहट घर भइ डल्लु बस्ने महम्मद आलम र भारत घर भएर डल्लुमै कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो। उनीहरु दुवैजनालाई काठमाडौं प्रहरीले बिहीबार राति ११ बजेपछि डल्लुबाटै पक्राउ गरेको थियो।

Sana Kishan

महम्मद आलमले पवित्राले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मुन्नालाई एसिड हाल्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीसँगको बयानमा युवतीले आफूलाई चिन्ने भएकाले मुन्नालाई एसिड हान लगाएको स्वीकार गरेका हुन्।

World Link Ads
Mahakali Polytechnic

उनीहरुले युवतीमाथि ट्वाइलेट सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेको प्रहरीले बताएको छ। मुन्नाले भने साहुले भनेपछि एसिड हानेको बताएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.