Monday, September 28, 2020

अब ५ प्रतिशत ब्याजदरमै यसरी पाइन्छ ऋण

- Advertisement -

पाँच प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्म ऋण दिनेगरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गरेको छ । यसअघि गत जेठमा मस्यौदा सार्वजनिक गरेर सर्वसाधारणबाट सुझाव लिएको राष्ट्र बैंकले सरोकारवालाहरुको आवश्यक सुझावलाई समेत समेटेर कार्यविधिलाई पूर्णता दिएर जारी गरेको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले जारी गरेको कार्यविधिमा घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा रहेका छन् । साना उद्यम पुनकर्जा र साधारण पुनकर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ भने विशेष पुनकर्जा ३ प्रतिशतमै प्राप्त हुनेछ । बैंकहरुले राष्ट्र बैंकलाई भने साना उद्यम पुनकर्जा र साधारण पुनर्कर्जा ३ प्रतिशत र विशेष पुनर्कर्जा १ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

घरेलु तथा साना उद्यम पुनकर्जा १५ लाख रुपैंयासम्म प्राप्त हुनेछ । अन्य पुनर्कर्जाको हकमा राष्ट्र बैंकले २ प्रकारको व्यवस्था गरेको छ । जसमा बैंकहरुले एकमुष्ट रुपमा आह्वान गरेर दिन्ने कर्जाको आकार ५ करोडसम्मको हुनेछ । ग्राहक ऋणीअनुसार दिइने पुनकर्जाको सीमा २० करोडसम्मको हुनेछ । यस्तो पुनकर्जा बैंकका प्रत्येक शाखाका आवेदकले पाउनेगरी वितरण गरिने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।

कसरी पाइन्छ पुनर्कर्जा ?
घरेलु उद्योग, लघुउद्यम, साना तथा मझौला उद्योग सञ्चालन गरेका उद्यमीले १५ लाखसम्मको तथा व्यवसायी तथा निर्यात व्यवसाय सञ्चालन गरेका, महिला तथा अपांगहरुले सञ्चालन गरेको उद्यम र प्राकृतिक प्रकोपबाट प्रभावित उद्यमहरुलाई ५ करोडसम्मको पुनकर्जाको लागि सम्बन्धित बैंकले आवेदनको आह्वान गर्नेछ ।

त्यसरी आह्वान गरेको समयमा आवश्यक कागजातसहित पुनकर्जा प्राप्त गर्न सकिनेछ । त्यसबाहेक बैंकले बेलाबेलामा पुनकर्जा प्राप्त गर्ने क्षेत्र भनि तोकिएको क्षेत्रले समेत ५ प्रतिशतको साधारण पुनकर्जा प्राप्त गर्ने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ । यसको अवधि ६ महिनाको लागि हुनेछ । कोभिड–१९ बाट अति प्रभावितलाई भने १ वर्षसम्म त्यस्तो सुविधा प्रदान गरिनेछ ।

यस्तो कर्जा सबै बैंकका शाखाहरुबाट प्राप्त हुने भएकोले यसमा क्षेत्रीय सन्तुलन कायम समेत हुन्छ । हालसम्म बैंकको केन्द्रीय कार्यालयबाट मात्रै त्यस्तो कर्जा प्रवाह हुने भएकोले पुहँचवालाले मात्रै यस्तो कर्जाको सुविधा उपभोग गर्न पाएका थिए । अव भने ग्रामीण भेगका जनतासम्म यो पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ । मालपोत खबर बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया