Friday, September 25, 2020

सांसद नर बहादुर धामीको पहलमा प्रविधिमैत्री बन्दै शुक्लाफाँटाका सामुदायिक विद्यालय

- Advertisement -

प्रतिनिधी सभा सदस्य (सांसद) नर बहादुर धामीको पहलमा शुक्लाफाँटा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन कार्यक्रम सञ्चालन गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद धामीको पहलमा शुक्लाफाँटाका आधा दर्जन विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । समय सापेक्ष अनुसार विद्यार्थीहरुलाई समय सापेक्ष प्राविधिक शिक्षा दिनका लागि विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको सांसद धामीको स्वकीय सचिव अर्जुन भट्टले बताए ।

‘अहिलेको समय अनुसार विद्यार्थीहरुलाई सूचना र प्रविधिको शिक्षा हासिल गराउन सांसदज्यूले विशेष पहल गर्नु भएको छ, त्यसका लागि सूचना प्रविधिमैत्री विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ’ उनले भने,‘ यो कार्यक्रमले सूचना प्रविधिको क्षेत्र अझ फराकिलो हुने अपेक्षा राखिएको छ ।’ कार्यक्रम अन्तर्गत विद्यालयमा कम्प्युटर जडान लगायतका सूचना प्रविधिसंग सम्बन्धित कार्य गरिएका छन् । कार्यक्रम अन्तरगत शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालय कसरौलमा कम्युटर जडान गरिएको छ । विद्यालयमा २५ कम्प्युटर, १६ ब्याट्री, ४ क्यामेरा, इन्टरनेट, प्रोजेक्टर, साउन्ड बक्स जडान लगायतका कार्य गरिएका छन् । निर्वाचन क्षेत्र नं। २ मा पर्ने शुक्लाफाँटा, कृष्णपुर र बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । संसद धामीको कामबाट विद्यालय, अभिभावक सहित हर्षित भएका छन् । बेलडाडी पोस्टबाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया