Saturday, September 26, 2020

आजकाे राशिफल : साउन ०९ गते शुक्रबार कुन राशिका लागि कति शुभ

- Advertisement -

वि.सं.२०७७ साल साउन ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी,२७ घडी ३८ पला,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त पंचमी । नक्षत्र– पूर्वाफाल्गुनी,३३ घडी १४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–वरियान,१६ घडी ५६ पला,दिउसो १२ बजेर १० मिनेट उप्रान्त परिध । करण–वणिज,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त भद्रा,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह,रातको १२ बजेर १९ मिनेट उप्रान्त कन्या ।

काठमाडौंमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नवढाउँदा राम्रो हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउँनेछ हुदा मानशिक तनाव बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुराबाट सामान्य आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाई हरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी विच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्य हरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का विच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । बिहानको समयमा विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुनेछन् । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । प्रेममा एक अर्का विच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अविस्वास बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्वपूर्र्ण उपलव्धी हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरीरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउँन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनी ध्यान जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्रा गर्दा ध्यान दिनुहोला,लामो दुरिको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नु पर्ने हुनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई दर्शन गर्न सकिनेछ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रने सम्भावना रहेकोछ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ । प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदि बहिनीको सहयोगमा नयाँ काममो थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अली बढी समय दिनसक्दा सबै साथी हरुभन्दा तपार्ईँनै अग्र स्थानमा आउँनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोलि बिक्ने हुदा परिस्थितिलाई सहज बनाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाइ लेखाइमा मन अली बढी समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्का विच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउँने प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् । पढाइमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि भेटिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

राशिफलमा जे जस्तो भनिएतापनि आफ्नो कर्ममा विश्वास गर्नुहोला, आज तपाईँ दिन शुभ रहोस् ।
रातोपाटीको सहयोगमा

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया