Tuesday, September 29, 2020

दोहोरो अङ्कले बढ्यो शेयर

- Advertisement -

काठमाडौं – आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अङ्कले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर रु एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ मा खरिदबिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेको छ । विकास बैंक ३.६५ र सामूहिक लागनी कोष ०.०४ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ३, व्यापार ७.९४, होटल ४२.५५, जलविद्युत् ६.६२, वित्त १.४९, निर्जीवन बीमा १८५.७, उत्पादन १७.८५, अन्य ४.७७, लघुवित्त २७.६५ र जीवन बीमा १५४.६७ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ३२ लाख ३९ हजार ६७९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १० करोड २९ लाख ५६ हजार ८५३, शिखर इन्स्योरेन्सको रु आठ करोड पाँच लाख १८ हजार ८९६, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रु सात करोड ७० लाख चार हजार ९५ र एनएमबी बैंकको रु छ करोड ३२ लाख २२ हजार ६९ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त विकास बैंकका शेयरधनीले समान १०÷१० प्रतिशतले कमाए । यस्तै ओरियन्टल होटल ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.४४, वेष्ट फाइनान्स सात र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.७० प्रतिशतले कमाए ।

मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.३६ प्रतिशतले गुमाए । यस्तै हिमालय ऊर्जा विकास कम्पनी ५.१०, सिन्धु विकास बैंक ४.५८, जोशी हाइड्रोपावर ३.७५, सानिमा बैंक ३.३०, एनआइसी एसिया ब्यालेन्स फण्ड २.३१ र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले २.२४ प्रतिशतले गुमाए । उपहार खबर बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । https://youtu.be/V4kttcNjwB8 प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी...

अब मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेट सहित असीमित सुविधा :...

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा...

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया