Sunday, January 24, 2021

पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदा सरकारको प्राथिमकतामा

- Advertisement -

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक एवं जातीय संवेदनामा आघात पुग्नेगरी टिप्पणी गर्न नहुनेमा जोड दिँदै भने, “तथ्यमा आधारित भएर सन्तुलित अभिव्यक्ति दिनुपर्छ, हाम्रा असन्तुलित अभिव्यक्तिले विद्वेष उत्पन्न नहोस् ।”

पुरातात्विक महत्वका स्थानको संरक्षणका सम्बन्धमा भएको समितिको बैठकमा उनले अप्रमाणित एवं पुष्टि नभएका विषयमा विचार व्यक्त गर्नु श्रेयस्कर नहुने बताए । पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदाको अपेक्षितरुपमा अध्ययन, अनुसन्धान र अभिलेखीकरण हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले त्यसलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

“अनुसन्धानका निम्ति विश्वविद्यालयहरू र प्राज्ञिक वर्गलाई परिचालन गर्न सकिन्छ”, उनले भने । योगी नरहरिनाथले सङ्कलन गरेका दस्तावेज संरक्षण गर्न सरकार तत्पर रहेको र सम्बन्धित पक्षसँग वार्ता भएको तर त्यो सफल नभएकाले पुनःवार्ता गरेर तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

समितिका सदस्य माधवकुमार नेपालले चितवनको अयोध्यापुरी, वाल्मिकी आश्रमलगायत क्षेत्रको गहन अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयमा मात्र सीमित राख्न नहुने बताए ।

अर्का सदस्य भीम रावलले पछिल्लो समयमा भारतीय सुरक्षाकर्मी र नागरिकले झापालगायत स्थानमा नेपालीमाथि आक्रमण गर्न थालेकाले समितिले ती विषयमा छलफल गर्न शीघ्र बैठक आयोजना गर्नुपर्ने माग गरे ।

समितिका अन्य सदस्यहरूले ऐतिहासिक, सांस्कृतिक, एव. पुरातात्विक महत्वका वस्तु एवं सम्पदाको अध्ययन, अन्वेषण, विश्लेषण, संरक्षण, उत्खनन र प्रकाशनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

कञ्चनपुर- बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार सोमबार राति करिब ९ः३० बजे तिर बेलौरी...

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई...

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया