Friday, September 25, 2020

तीज मनाउँदै कञ्चनपुरका रानाथारु महिला

- Advertisement -

कञ्चनपुर — परम्परागत पहिरनमा सजिएर कोही पिङ खेल्दैछन् । केही भान्सामा साँझका लागि पकवानहरु तयार गरिरहेका । कञ्चनपुरको बेदकोट नगरपालिका ५ सिसैयामा राना थारु समुदायका महिलाहरु बिहानैदेखि घर लिपपोत गर्ने र खाना पकाउनेदेखि साउनको डोला (पिङ) खेल्ने काममा व्यस्त देखिन्थे । उनीहरुको यो सबै व्यस्तता तीज मनाउनका लागि भएको हो ।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेका रानाथारु समुदायले हरितालिका तीजभन्दा ठीक महिना दिन अगाडि साउन शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छन् । तीजका दिन महिलाहरु पानीसमेत नखाई ब्रत बस्छन् । उनीहरु बिहानै घर लिपपोतपछि नुहाएर साँझका लागि विभिन्न किसिमका परिकारहरु बनाउने काममा जुट्छन् ।

साँझ साउनको डोला (पिङ) खेलेर नदी वा खोला किनारमा गई पूजा गरिन्छ । नदी किनारमा उरैला (कुशजस्तै एक प्रकारको घाँस) मा गाँठो पारिन्छ । विवाहित महिलाले ७ र अविवाहितले ५ वटा गाँठो पार्ने चलन छ । यसलाई रानाथारु भाषामा ‘झुड्की’ भनिन्छ ।

उक्त झुड्की चाँदीको औँठीले काटेर खोला वा नदीमै बगाइन्छ । ‘यो पर्वमा दाइभाइ र भतिजाको दीर्घायुका लागि ब्रत बसिन्छ,’ बेदकोट नगरपालिका ५ सिसैकी प्रेमवती रानाले भनिन्, ‘आजको दिन युवतीदेखि वृद्धाहरुसमेत माइती घर जान्छन् ।’

दिनभरि बनाइएका परिकारहरु साँझपख पूजापछि ब्रत बसेका छोरी बहिनीदेखि आफन्तहरु सबै एकै ठाउँ बसेर खान्छन् । यो दिन पुरी, गुलगुला, कतरा, पपरा, सिमहिलगायतका परम्परागत खानेकुराहरु पकाइन्छन् । ‘उहिले हप्तारदस दिनसम्म तीज मनाइन्थ्यो, तीजकै दिन आउन नसक्ने चेलीबेटीहरु अरु दिन पनि आउथे’, प्रेमवतीले भनिन्, ‘अहिले त्यो चलन हटेर एक दिनमात्रै तीज मनाइन्छ ।’ उनका अनुसार छोरी बहिनीहरु आएको दिन सधैं रानाथारु परिकारहरु पाक्थे । तर केही वर्षयता साउन शुक्ल तृतीयाका दिनमात्रै तीज मनाउने चलन सुरु भएको हो ।

खोला वा नदीमा पूजा गर्नुअघि ब्रतालु महिलाहरु सबै अंगिया र घगरियासहितका थारु पहिरन र गहनामा सजिएर चौर वा नदी किनारमै बनाइएको पिङमा रमाउने गर्छन् । डोला खेल्दा दाइभाइ र भतिजाको दीर्घायुकै लागि गीत गाउने गरिन्छ । ‘यो पर्व भ्रातृत्व प्रेममा आधारित छ’ नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भने, ‘राना थारु समुदायमा यो तीजले दिदी बहिनीको दाइभाइ र भतिजाहरुप्रतिको गहिरो सम्बन्ध र प्रेमलाई दर्शाउँछ ।’

उनका अनुसार ब्रतालु महिलाले नदी किनारमा विशेष घाँसमा एकै हातले गाँठो (झुड्की) पारेर चाँदीको औंठीले काट्ने गर्छन् । उक्त झुड्की नदी वा खोलामा बगाइन्छ । नदी जस्तै दाइभाइ र भतिजाको आयु लामो होस् भन्ने कामना गरेपछि घर फर्केर मात्रै खाना खाने चलन छ ।

नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ । अध्यक्ष रानाका अनुसार राना थारुको जनसंख्या साढे ३ लाखभन्दा बढी छ । कान्तिपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया