सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा प्रवासि युवा समाजको पहलमा बाटो निर्माण कार्य हुदै

बैतडी
वर्षातका कारण बाटोमा हिड्न नमिल्ने भएपछि ग्वाल्लेक पर्वासी युवा समाजको अग्रसरतामा बाटो निर्माण भएको छ। बैतडी जिल्लाको साविक ग्वाल्लेक गा वि स हाल दशरथचन्द नगरपालिका वडा न ९ स्थित रहेको प्रशिद्ध गैरिचाडी मन्दिरसम्म जाने ढुगाले सोलिङ गरि उक्त बाटो पि सि सि भई रहेको छ ।

ग्वाल्लेक प्रवासि युवा समाजको अगुवाइमा यहाँका सबैजसो स्थानीयले श्रमदानबाटै बाटो निर्माण गरेका हुन्। सामान्य पानी पर्दा समेत हिडनै नसकिने र बाहिर बाट आउने भक्तजनलाई समेत हिडन अफ्ठेरो परि रहेको हुदा राज्यलाई कुरेर बस्नु भन्दा आफै केही गरेर देखाउँने निर्माणका अगुवा तथा ग्वाल्लेक प्रवासि युवा समाजका अध्यक्ष गगा दत्त जोशीले जानकारी दिए।

साविक ग्वाल्लेक गा वि स लाई सिगों एक वडा बनाईएको र पर्व तथा अन्य कामको शिलशिलामा समेत उक्त बाटो हिडनु पर्दा सार्है अफ्ठेरो पर्ने भएकोले वडाका स्थानीयले हात हातमा कुटो, कोदालो प्रयोग गरी बाटो बनाएका हुन् । पानी पर्दा हिड्नसम्म नमिल्ने अवस्थामा पुगेको बाटो निर्माणसँगै स्थानीयलाई हिड्न सहज हुने भएको छ। सरकार सग सधैँ माग्ने मात्र चलनको अन्त्य गदै आफूहरूले आफ्नो काम आफै गर्ने बताएका छन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

एकता नै वल हो भन्दै सधैँ सरकारले यो गरेन, त्यो गरेन भन्नु भन्दा पनि हामीले गरेको यो काम पनि महत्वपूर्ण भएको स्थानीय समाजसेवी तथा ग्वाल्लेक पर्वासि युवा समाजका उपाध्यक्ष श्री गोपाल दत्त जोशीले बताए। उनले भने, प्रायजसो समयमा युवा जनशक्ती घरमा नहुने हुदा हाल सरकारले जारी गरेको लकडाउनका कारण युवाहरु घरमै भएको अवस्थामा घर(घरबाट मान्छे उपस्थित भई रातदिन गरी बाटो बनाएका छौँ।अव बाटो विगार्ने र भत्काउने, अवरोध गर्नेलाई कारवाही गरिने छ।’ बाटो निर्माण गर्दा स्थानीय सरकारलाई समेत जानकारी नदिएर निर्माण गरिएको थियो।

हामि सग सबथोक हुदा हुदै पनि हामिले समाजका लागि केहि गर्ने नसकेको अवस्थामा अव ग्वाल्लेकलाई नमुना गाउँ बनाउन यस ग्वाल्लेक प्रवासि युवा समाजले विशेष पहल गरिने उक्त समाजका सदस्य श्री केशव दत्त जोशीले जानकारी दिए ।

हाम्रो बाल्यकाल जे जसरि बिते पनि अबको पुस्तालाई प्रविधि सग जोडनका लागि स्थानिय विद्धालयमा समेत कम्प्युटर ल्याव. खानेपानी शौचालय समेतको व्यवस्था गरिने छ समितिका सह कोषाध्यक्ष सचिव श्री लक्ष्मण दत्त जोशीले बताउनु भयो ।गाउमा एकता छ तर गाउमा केही गर्नु पर्छ अग्रशरता देखाउने कोही नभएपछि हामिले ग्वाल्लेक पर्वासि युवा समाजको गठन गरेका हौं ।
गाउमा भएका असहाय र अफ्ठेरोमा परेका ब्यक्तीहरुलाई समेत हामीले सक्दो सहयोग गर्ने छौं सचिव करन
जोशीले बताउनु भयो हामिले यो समाजको गठन देखिनै समाज सुधारका लागि कार्य गरी राखेका स्थानिय बताउछन ।
गाउमा बाटो निर्माण भइ रहेको हुदा उक्त बाटो निर्माणका लागि हामिले ग्वालेक पर्वासि युवा समाजको सक्रियतामा रु ५०००० पठाएका छै। रकम कम परे अझै यस समाजयको तर्फबाट अझै पैसा पठाउने छै सह कोषाध्यक्ष जोशिले बनाउनु भयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.