Tuesday, September 29, 2020

रानाथारु समुदायका महिलाहरुले तीज मनाउँदै

- Advertisement -

कञ्चनपुर, ०८ साउन । कञ्चनपुर र कैलालीमा बसोवास गर्दै आएका रानाथारु समुदायका महिलाहरुले आज बिहिबार महत्वपूर्ण पर्व तीज मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् । रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ्ग राख्ने चलन समेत रहेको छ भने दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । पिङ्गलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

यसैबीच, रानाथारु समुदायको महत्वपूर्ण पर्व तीजका अवसरमा शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य नारद मुनी रानाले रानाथारु समुदाय अलग्गै सूचिकृत र भाषा आयोगमा समेत रानाथारु भाषाले स्थान पाइसकेकोले अब रानाथारु समुदायको मौलिक कला, संस्कृति र भेषभुषालाई संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा पूर्वसांसद एवं संविधान सभा सदस्य कृपाराम रानाले शुभकामना व्यक्त गर्दै साउन महिनामा रानाथारु समुदायले मनाउने तीजका गीतहरु लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई संस्कृति जोगाउनका लागि प्रेरित गर्न ‘पहिलो रानाथारु सामन कि गीत प्रतियोगिता’ समेत आयोजना गरिएको जानकारी दिनुभएको छ । हरिश्चन्द्र बागको सहयोगमा

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर...

लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया