सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ७ कार्यालयमा आगलागी, पूर्ण रुपमा क्षति

कञ्चनपुर- कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ७ कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । रातीको समयमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । विहान स्थानीयहरुले आगालागी भएको देख्दा प्रहरीलाई खबर गरेका थिए ।

Sana Kishan

उक्त खबर लगत्तै प्रहरीको टोली, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि, स्थानीयहरु वडा कार्यालय पुगको थिए । अहिले आगो नियन्त्रणमा लिइएको छ ।
अध्यक्ष जगत सिँहले आगलागीबाट वडा कार्यालयमा पूर्ण रुपमा क्षति पुग्नुका साथै सम्पूर्ण कागजात, कम्प्युटर लगायत अन्य फर्निचरका समानहरु जलेर नष्ट भएको बताए ।

आगजनी किन र कस्ले ग¥यो भन्ने बारे केहि थाहा नभएको र प्रहरीले अनुसन्धान गरिरहेको वडा अध्यक्ष सिँहले बताए । घटनाको थप विवरण आउन बाँकि रहेको छ । तस्वीर : पत्रकार अर्जुन सिह ठकुरीको बाल बाट सभार !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.