Friday, September 18, 2020

बि पी स्मृति दिवसमा वृक्षारोपण

- Advertisement -

खेम साउद-बैतडी जननायक बीपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा बैतडीको दुईटा विद्यालयहरुमा वृक्षरोपण गरिएको छ। नेपाल विद्यार्थी संघ बैतडी जिल्ला सदस्य रमेश महताको संयोजकत्वमा नेबिसंघ बैतडीले जिल्लाका दुई विद्यालयहरुमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।

शिवनाथ गाउँपालिका वडा नम्बर २ मा पर्ने श्री नागार्जुन उच्च मावि शर्माली र वडा नं ४ मा पर्ने चन्द्र देवल मावि स्वलपलामा सम्पन्न सो कार्यक्रममा कांग्रेस महासमिति सदस्य एबं शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउद, नेपाली कंग्रेसका युवा नेता दशरथ चाड, विद्यार्थी नेताहरु हर्ष साउद, महेश महता, विजय चन्द, महादेव महता, लोकेश महता लगायतको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ बैतडी जिल्ला कमिटी सदस्य रमेश महताले बताए ।

उक्त वृक्षारोपण कार्यक्रमका लागि ६०% बोटबिरुवा स्थानीय स्तर र ४०% बोटबिरुवा बाहिरबाट ल्याइएर लगाइएको थियो। वृक्षारोपण गरिएका बोटबिरुवाहरुमा साल, सल्ला, रिट्ठा, चिउरी,आँप, डाली घाँस, आरु, अनार, अम्बा, लप्सी र विभिन्न किसिमका फूलहरु रहेको बताइएको छ।

कार्यक्रममा शिबनाथ गाउ पालिका का अध्यक्ष कर्ण सिह साउदले बिपी कोइराला देश र माटो बुझेको समाजवादी नेता भएको बताउदै स्वर्गीय कोइराला प्रधानमन्त्री हुदा नेपाल कृषि प्रधान देश भएकोले प्रधानमन्त्रीले जनताको भावना संग नजिक रहन आफ्नो कार्यालयमा किसान र हलोको चित्र राख्न लगाएको स्मरण गर्दै उहाको मूल्य, मान्यता र आदर्श सबैले व्यवहारमा लागु गर्न सके देश र समाज बदल्न सकिने बताउनु भयो। त्यसै गरी सोही कार्यक्रममा युवा नेता दशरथ चाडले नेविसंघ कांग्रेसको नर्सरी भएको बताउदै पार्टी बलियो बनाउन बि पी को आदर्श र बाटोमा सम्पूर्ण कांग्रेसजनहरू एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनुभयो।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि...

लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने

महालक्ष्मी अनुष्ठान,व्रत आश्विन कृष्णपक्षको सप्तमी तिथि अर्थात भद्र २४ गते बुधबारबाट समापन हुदैछ । विशेषगरी धन,सम्पत्ति तथा वैभवका लागि उक्त व्रत बस्ने विधान रहेको...

६ महिनापछि खुल्यो चन्द्रागिरि केवलकार, प्याकेज लिँदा छुट

काठमाडौं । ६ महिनादेखि पूर्णरुपमा बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । गत चैत ९ गतेदेखि बन्द रहेको केवलकार आज अर्थात् असोज १...

सुदूरपश्चिम प्रदेशमा बुढी पोल्ने पर्व मनाइँदै

कञ्चनपुर, ०१ असोज । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । द्वापर युगमा राक्षसनी पुतनाले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -