Friday, October 30, 2020

आजदेखि घट्यो विद्युत महशुल, निःशुल्कदेखि २५ प्रतिशतसम्म छुट, यस्तो छ विद्युतको नयाँ महशुल दर

- Advertisement -

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आजदेखि भारी छुट सहितको नयाँ बिलिङ प्रणाली जारी गरेको छ। विद्युत नियमन आयोगले समायोजन गरे अनुसार नयाँ महसुल दर कायम गर्दै प्राधिकरणले आजदेखि बिलिङ सिस्टम अपग्रेड गरेको हो।

पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल उठ्ने छैन । नयाँ समायोजित दर अनुसार अधिकतम महसुल पनि विभिन्न क्षेत्रमा घटेकाले त्यसै अनुसार बिलिङ सिस्टम समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ महसुल दर अनुसार १५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् भने २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पछिको बिल पाउने छन्।

१० युनिटमात्रै खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क पुरै छुट भए पनि ११ युनिट खपत गरेमा भने प्रतियुनिट ३ रुपैयाँका दरले ११ युनिटकै मूल्य तिर्नु पर्नेछ।

१० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँमात्रै तिरे पुग्नेछ। तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैयाँका दरले थप ३३ रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ। तर १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ।

खपत अनुसार लाग्ने महसुल दरमा १५० युनिट खपत गर्दा १३ सय ४० रुपैयाँ महसुल लाग्छ। यसमध्ये डिमान्ड शुल्कबाहेकको १२४० रुपैयाँ महसुलमा २५ प्रतिशत छुट पाउने छन्।

त्यस्तै २५० युनिटसम्म खपत गर्ने ग्राहकले १५१ युनिटदेखि २५० युनिटसम्म प्रति युनिट १० रुपैयाँका दरले थप एक हजारसहित २२ सय ४० रुपैयाँ महसुल तिर्नुपर्छ। जस अनुसार २२ सय ४० रुपैयाँको १५ प्रतिशत छुटपछि १९ सय ४ रुपैयाँ महसुल र १२५ रुपैयाँ डिमाण्ड शुल्क गरि २ हजार २९ रुपैयाँ मात्रै महसुल तिर्नु पर्नेछ।

प्राधिकरणका अनुसार महसुल समायोजन गर्दा १५ प्रतिशतसम्म महसुल सस्तो भएको छ। साउन ५ गतेपछि आउने बिलिङमा नयाँ दरले बिलिङ हुने प्राधिकरणले जनाएको छ ।

सरकारले बजेटमार्फत घोषणा गरेको १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको दर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले प्राधिकरणले साउन १ गतेदेखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको थियो।

आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको हो।

खबर कुरा बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सङ्घीयता सबल बनाउन १३ अर्ब

काठमाडौँ – सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ...

कञ्चनपुरको शुक्लाफाँटामा धान खेतमा माछापालन

कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

आजबाट तातोपानी नाका खुल्ने

१२ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट...

सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि छ : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन् । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया