Friday, September 18, 2020

कोरोना संक्रमणबाट बाँच्न ‘निड्सको ‘स्वच्छता र व्यवहार परिर्वतन’ कार्यक्रम

- Advertisement -

कञ्चनपुर, ६ साउन

 कोरोना भाईरसबाट बाँच्नका लागि निड्स नेपालले व्यवहारिक परिर्वतन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निड्स नेपाल कञ्चनपुरले स्वच्छता तथा व्यवहार परिर्वतन गठबन्धन परियोजना मार्फत भीमदत्त नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कोडिभ–१९ लगायतका रोगहरु सरसफाई अभावका कारण सर्ने भएकाले त्यसबाट बाँच्नका लागि सो कार्यक्रम ल्याएको जनाईएको छ । निड्स नेपाल स्वच्छता तथा व्यवहार परिर्वतन गठबन्धन परियोजनाका अधिकृत प्रनिता भट्टले भीमदत्त नगरका केही जोखिमयुक्त वडाका बस्तीमा कार्यक्रम संचालन गरिने बताईन् ।

मगलबार कार्यक्रम बारे भीमदत्त नगरका जनप्रतिनिधीलाई जानकारी गराईएको छ । कार्यक्रममा परियोजनाकी अधिकृत भट्टले परियोजनाबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

कार्यपत्र अनुसार निड्सले भीमदत्तका २, ९, १०, ११, १२, १३ , १८ र १९ वडाहरुमा कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रम मार्फत ‘आमाको जातुको हात’ कार्यक्रम सुरु हुनेछ । ‘आमा स्वच्छ भए, बालबालिका पनि हुन्छन बालबालिकाले परिवारबाटै व्यवहार सिक्छन्, ‘परियोजनाकी अधिकृत भट्टले भनिन् ‘सबैभन्दा पहिला आमा स्वच्छ हुनुप¥यो, त्यसैले सोही लक्षीत कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ आमा समुह, महिला सशक्तीकरण केन्द्र, बाल क्लब, समुदायमा व्यवहारिक परिर्वतन गराउने कार्यक्रम सञ्चालन हुनेछन् ।

हातधुने सेन्टरको स्थापना, हेल्पडेस्क स्थापना, डिजिटल सुचना केन्द्रको स्थापना गरेर सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

कार्यक्रम मार्फत प्रत्यक्ष ४ हजार र अप्रत्यक्ष ५० हजार मानिस लाभात्वित हुनेछन् ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले कोडिभ–१९ रोकथाम नियन्त्रणका लागि सो कार्यक्रम ल्याईएको बताए । भीमदत्त नगरका जनप्रतिनिधीले कार्यक्रम स्थानीय सरकारसंग समन्वयमा जोडदिएका छन् ।

भीमदत्त नगरका उप–प्रमुख शुशिला चन्द (सिह)ले कार्यक्रमबाट केही विपन्न तथा गरिब बस्तीमा कोरोना संक्रमण्बाट बाँच्न र रोग लाग्नबाट बाँचिने बताईन् । कोरोनाबाट बाँच्नका लागि व्यवहारिक परिर्वतन अनिवार्य रहेको उनको भनाई थियो ।

स्वरोजगारका लागि सीपमुलक तालीमका लागि कार्यक्रम

त्यस्तै निड्सले युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम दिन अर्को परियोजना सुरु गर्न लागेको छ । मंगलबार निड्स नेपालले भीमदत्त नगरका जनप्रतिनिधी तथा कर्मचारीसंग बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्वद्धन योजना समन्वयात्मक बैठक यस कार्यक्रम बारे जानकारी दिएको हो ।

बैठकका सहभागीले रोजगार सुचना केन्द्रमा स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । सुचना केन्द्र अभावका कारण रोजगारदाता र रोजगारीकर्ताबिच भेट नहुँदा बेरोजगारी र काम अभाव हुने भएकाले सुचना केन्द्र निर्माणमा जोडदिएका हुन् ।


भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले काम गर्ने श्रमिक र काम गराउने रोजगारीदातविचको अभावका कारण दुवैतर्फ समस्या रहेकाले त्यसलाई पूर्तिका लागि केन्द्र आवश्यक रहेको औल्याए । भीमदत्त नगरपालिका आर्थिक समिति संयोजक डम्कर कार्की(डिके)ले बेरोजगारीलाई रोजगारीका लागि दक्ष तालिम ईच्छा शक्ति आवश्यक रहेको औल्याए ।

भीमदत्त नगरपालिका १२ वडाध्यक्ष कृष्णसिह देउपाले बजारको मागको आधारमा तालिम संचालनमा जोडदिए । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले स्थानीय वस्तु, सेवा र जनशक्ति समेटेर आत्मनिर्भर बनाउने कार्यक्रम रहेको बताए ।

भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द(सिह)ले तालिम तालिमका लागि नभई आत्मनिर्भरका लागि भएको बताउदै तालिमको सदुपयोग गर्नेलाई मात्रै तालिम दिनुपर्नेमा जोडदिईन् ।

बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्वद्धन (दक्षता परियोजना) अधिकृत बिनोद कडाराले परियोजना बारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि...

सास रहुञ्‍जेलसम्म लडिरहन्छु : डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो...

लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने

महालक्ष्मी अनुष्ठान,व्रत आश्विन कृष्णपक्षको सप्तमी तिथि अर्थात भद्र २४ गते बुधबारबाट समापन हुदैछ । विशेषगरी धन,सम्पत्ति तथा वैभवका लागि उक्त व्रत बस्ने विधान रहेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -