Wednesday, September 30, 2020

बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल

- Advertisement -

०६ साउन २०७७ ।   बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोना भाइरसको संक्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन ।

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ । उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो। यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो। उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा संक्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ।

कोरोनाभाइरसका विषयमा एन्टीबडी बारे धेरै केन्द्रित हुने गरिएको छ। तर ती भनेका प्रतिरक्षा क्षमताका भाग मात्र हुन्। ’एन्टीबडी’लाई तटस्थ पारिदिँदा कोरोनाभाइरस निस्कृय हुनसक्छन्। टी-सेलहरू चाहिँ श्वेत रक्त कोषहरू हुन्। यी कोषहरूले प्रतिरक्षा प्रणालीलाई समन्वय गर्न सहयोग गर्छन् र शरीरको कुन भागका कोषहरूमा सङक्रमण छ भनी पत्ता लगाएर त्यसलाई नष्ट गरिदिन्छन्।

लगभग सबैखाले प्रभावकारी खोपहरूले ’एन्टीबडी’ र टी-सेल दुवैलाई बलियो पार्ने काम गर्छन्। यो खोप सुरक्षित छ तर त्यसका केही साइड इफेक्ट अर्थात् असरहरू छन्। त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए। त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

अक्सफर्ड अनुसन्धान समूहका प्राध्यापक एन्ड्र्यू पोलार्डका अनुसार रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ताकि खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर उनले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिए।

अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्ड भन्छिन्, ’यो खोपलाई पुष्टि गर्न र हाम्रो खोपले कोभिड(१९ महामारीलाई व्यवस्थापन गर्छ भन्नका लागि धेरै काम गर्न बाँकी छ। तर पहिलो नतिजाले सकारात्मक सङ्केत गर्छ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया