सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प यस्ताे छ पृथ्वी ‘हाइवे’ काे हाल

 

काठमाडौँ — आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको छ । सडकको पहिरो पन्छाउन अझै केही समय लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो । खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ । पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । यसैगरी बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.